News Griha :: न्यूजगृह
छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा दुई शिक्षक पक्राउ

काठमाडौं— छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा सिन्धुपाल्चोकमा दुई शिक्षक पक्राउ परेका छन् ।

इन्द्रावती गाउँपालिका–६ स्थित कमलादेवी माध्यमिक विद्यालयमा  अध्ययनरत १४ र १५ वर्षीया छात्राको जाहेरीका आधारमा प्रहरीले सोही विद्यालयका शिक्षकद्वय ४५ वर्षीय सुरेन्द्र कोइराला र ४९ वर्षीय कविराज पौडेललाई पक्राउ गरेको हो ।

उनीहरूलाई प्रहरीले गत शुक्रबार पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका डीएसपी निरञ्जन भट्टराईका अनुसार पक्राउ परेका शिक्षकहरू अहिले प्रहरी हिरासतमा छन् ।

‘दुईजना किशोरीहरूले यौन दुर्व्यवहार गर्ने गरेको भनी जाहेरी दरखास्त दिएका छन्,’ भट्टराईले भने, ‘शिक्षकहरूलाई पक्राउ गरेर अहिले हिरासतमा राखिएको छ ।’

जिल्ला अदालत सिन्धुपाल्चोकबाट ७ दिन म्याद थप गरी अनुसन्धान अघि बढाइएको पनि डीएसपी भट्टराईले जानकारी दिए । 

शुक्रबार पक्राउ परेका उनीहरूलाई आइतबार अदालतबाट ७ दिनको म्याद थप गरिएको हो । अहिले घटनाका बारेमा थप अनुसन्धान जारी रहेको उनले बताए।

प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  १८:१९
Weather Update