News Griha :: न्यूजगृह
काठमाडौंमा आज यो वर्षकै न्यून तापक्रम

काठमाडौं— काठमाडौं उपत्यकामा आज यो वर्षको न्यून तापक्रम मापन गरिएको छ ।

बिहान ५:४५ बजे काठमाडौंमा ५.८ डिग्री सेल्सियस तापक्रम मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  

'५.८ डिग्री सेल्सियस तापक्रम काठमाडौंमा यो वर्षको आजसम्मको न्यून तापक्रम हो,' मौसमविद् सरोज पुडासैनीले भने । 

देशका केही भूभागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । तराईमा हुस्सु र कुहिरोको लागिरहेको छ । 

 

प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  ०६:५९
Weather Update