News Griha :: न्यूजगृह
बढ्यो हरियो तरकारीको मूल्य

काठमाडौं— कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तय गरेको तरकारीको मूल्यअनुसार सुकेको प्याज प्रतिकेजी न्यूनतम मूल्य नै १ सय ३५ रुपैयाँ पुगेको छ । 

समितिद्वारा निर्धारित बजार मूल्य अनुसार आज भारतीय बजारको तुलनामा नेपाली गोलभेडा ३० रुपैयाँ सस्तो छ । मंगलबार भारतीय ठूलो गोलभेडाको प्रतिकेजी न्यूनतम मूल्य ८० रुपैयाँ निर्धारण हुँदा नेपाली ठूलो गोलभेडा प्रतिकेजी ५० रुपैयाँ तोकिएको छ । 

यस्तै, समितिले सानो गोलभेडा लोकल १५ रुपैयाँ, रातो आलु ४५ रुपैयाँ, सेतो आलु ३५ रुपैयाँ, गाजर प्रतिकेजी ४०, बन्दा लोकल ३०, स्थानीय काउली १५, मूला रातो २०, सेतो लोकल मूला १०, भन्टा लाम्चो २०, मकै बोडी ५०, मटर कोशा ८०, घिउ सिमी लोकल ५०, राजमा सिमी १२०, लौका ५०, परबर लोकल ६०, घिरौला ६०, फर्सी पाकेको ३०, हरियो फर्सी लाम्चो २५ रुपैयाँ न्यूनतम मूल्य निर्धारण गरेको छ । 

रायो साग २५, पालुँगो ११०, चमसुर ११०, तोरी ३०, हरियो प्याज ७०, च्याउ कन्य १५०, डल्ले च्याउ ३२०, कुरिलो ६००, ब्रो काउली ३० रुपैयाँ तोकिएको छ ।

फलफूलमा आज फुजी स्याउ ३२० रुपैयाँ न्यूनतम मूल्यमा बजारमा पाइने छ । यस्तै, केरा १४०, कागती १२०, अनार ३५०, कालो अंगुर २५०, सुन्तला नेपाली १००, मौसम १४०, जुनार २४०, आभोकाडो २०० र किवी २०० रुपैयाँ तोकिएको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८०  १०:१२
Weather Update