News Griha :: न्यूजगृह
ललितपुरको झम्सिखेलमा गोली चल्यो 

ललितपुर— ललितपुरको झम्सीखेलमा गोली चलेको छ ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले गोली चलाएको हो । 

ललितपुर महानगरपालिका–३ ठाडोढुंगामा गोली चलाएर लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले बताए।

पक्राउ पर्नेमा उदयपुरका ४५ वर्षीय अविनाश राई छन् ।

राईको दाहिने खुट्टामा गोली लागेको छ । उनको उपचारको लागि ट्रमा सेन्टर लगिएको छ । उनीबाट प्रहरीले कटुवा पेस्तोल र लागूऔषध पनि बरामद गरेको एसपी रेग्मीले बताए । 

प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८०  १३:३८
Weather Update