News Griha :: न्यूजगृह
बैङ्किङ कसुरका आरोपित शेरबहादुर पक्राउ  

काठमाडौं— बैङ्किङ कसुर मुद्दामा ७ करोड ९७ लाख ५० हजार बिगो कायम भएका आरोपितलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ओखलढुङ्गाको चम्पादेवी घर भएका ३२ वर्षीय शेरबहादुर मगर छन् । शेरबहादुरलाई ललितपुरको हात्तीवनबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता (एसपी) रवीन्द्र रेग्मीले बताए ।

उनीविरुद्ध विभिन्न अदालतबाट बैङ्किङ कसुर मुद्दा फैसला भएर जरिवाना र कैद भुक्तान हुन बाँकी रहेको पाइएको छ । मगरलाई फैसला कार्यान्वयनका लागी प्रहरीले भक्तपुर जिल्ला अदालतमा उपस्थित गराएको छ ।   

प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८०  ११:३२
Weather Update