News Griha :: न्यूजगृह
कोशी र गण्डकीमा हल्का हिमपात, यस्तो छ तीन दिनको मौसम पूर्वानुमान
कोशी र गण्डकीमा हल्का हिमपात, यस्तो छ तीन दिनको मौसम पूर्वानुमान हाल नेपालमा पश्चिमी बायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।
समाचार चोरी गर्ने एक सय ८३ अनलाइनलाई कारबाही, हुबहु प्रवृत्ति निरूत्साहित गरिने
समाचार चोरी गर्ने एक सय ८३ अनलाइनलाई कारबाही, हुबहु प्रवृत्ति निरूत्साहित गरिने प्रेस काउन्सिल नेपालले पछिल्लो डेढ वर्षमा १ सय ८३ अनलाइनलाई समाचार चोरी अन्तर्गत कारबाही गरेको छ। काउन्सिलले बुधबार एक विज्ञप्ति जारी गर्दै गत आर्थिक वर्ष यता हालसम्म समाचार हुबहु चोरी गरी सार्ने (कपि एण्ड पेस्ट गर्ने), अनुमति नलिने १ सय ८३ अनलाइन सञ्चार माध्यम तथा वेब पोर्टललाई कारबाही गरेको जनाएको...
मिटरब्याज पीडितसँगको वार्ता निष्कर्षविहीन, आन्दोलन जारी रहने
मिटरब्याज पीडितसँगको वार्ता निष्कर्षविहीन, आन्दोलन जारी रहने उनले आफूहरूको माग फर्जी लिखत, तमसुक, दृष्टिबन्धक, छिनुवा, सम्पूर्ण चेकलाई अवैध घोषणा गर्नुपर्ने, साहुले जफत गरेका सम्पूर्ण सम्पत्ति फिर्ता गर्नुपर्ने, अधिकार सम्पन्न न्यायिक आयोग गठन गर्नुपर्ने लगायत रहेको बताए। त्यस्तै साहुकारको सम्पत्ति शुद्धिकरण गर्नुपर्ने पनि आफूहरूको माग रहेको उनको भनाई छ । 
ठूलोबुबाको घरमा गोली प्रहार गरी फिरौती माग्ने तीन जना पुर्पपक्षका लागि जेल चलान
ठूलोबुबाको घरमा गोली प्रहार गरी फिरौती माग्ने तीन जना पुर्पपक्षका लागि जेल चलान जिल्ला अदालत मकवानपुरले हेटौंडा उपमहानगरपालिका–९ स्थित सूर्यप्रसाद पौडेलको घरमा गोली प्रहार गरेर रकम माग्ने ३ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। हेटौंडा उपमहानगरपालिका–९ का ३३ वर्षीय निश्चल पौडेल, ३५ वर्षीय गणेश घले र ३० वर्षीय प्रितम क्षेत्रीलाई अदालतले बुधबार पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।
हुन्डी कारोबारमा संलग्न चिनियाँ नागरिक पक्राउ, १२ लाख रुपैयाँ बरामद
हुन्डी कारोबारमा संलग्न चिनियाँ नागरिक पक्राउ, १२ लाख रुपैयाँ बरामद प्रहरीले हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा एक जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चीनको संघाई घर भइ हाल भक्तपुरको ठिमी नगरपालिका–३, गठ्ठाघर बस्दै आएका २८ वर्षीया झोउ जियू रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए।
प्रहरीसँग धकेलाधकेल हुँदा राजेन्द्र महतो घाइते, ट्रमा सेन्टरमा उपचार हुँदै
प्रहरीसँग धकेलाधकेल हुँदा राजेन्द्र महतो घाइते, ट्रमा सेन्टरमा उपचार हुँदै हालै मात्र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) परित्याग गरेर राष्ट्रिय मुक्ति आन्दोलन घोषणा गरेका राजेन्द्र महतो प्रहरीसँगको धकेलाधकेलका कारण घाइते भएका छन्। हाल उनको ट्रमा सेन्टरमा उपचार भइरहेको जनाइएको छ। 
टीआरसी चाँडै टुंग्याउन डा. केसीको माग, बेवास्ता गरे कडा आन्दोलन सुरु गर्ने चेतावनी
टीआरसी चाँडै टुंग्याउन डा. केसीको माग, बेवास्ता गरे कडा आन्दोलन सुरु गर्ने चेतावनी  डा. केसीले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै सशस्त्र द्वन्द्वकालमा भएका मानवता विरोधी जघन्य अपराधका दोषीहरूलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ता पारिएका परिवारलाई न्याय हुने गरी सङ्क्रमणकालीन न्याय प्रक्रिया शीघ्र टुङ्गोमा नपुर्याए कडा आन्दोलन सुरु गर्ने चेतावनी दिएका छन्।
म्याकुरीमाथि कुटपिट प्रकरणः शर्मिला वाइबा पक्राउ
म्याकुरीमाथि कुटपिट प्रकरणः शर्मिला वाइबा पक्राउ वाइबा सिन्धुपाल्चोक पुगेको जानकारीपछि काठमाडौं प्रहरीले त्यहाँको प्रहरीसँग समन्वय गरेर पक्राउ गरेको हो। वाइबाविरुद्ध कलाकार पवन खतिवडा (म्याकुरी)ले प्रहरीमा जाहेरी दिएका थिए। केही दिन अघि शर्मिला वाइबा, पवनकी पत्नी सुम्निमा खालिङ र बहिनी गङ्गा पवन बसेको घरभित्र गएर उनीमाथि हातपात गरेको घटना सार्वजनिक भएको थियो।
काठमाडौं महानगरकी कर्मचारीको गुनासो– मेयर बालेनको प्रशासनले बस्ने कुर्सी समेत खोस्यो
काठमाडौं महानगरकी कर्मचारीको गुनासो– मेयर बालेनको प्रशासनले बस्ने कुर्सी समेत खोस्यो काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले बिनाकारण आफूलाई ‘यातना’ दिएको त्यहाँ कार्यरत एक कर्मचारीले दाबी गरेकी छन्। साथै मेयर बालेनले आफूलाई जिम्मेवारीविहीन समेत बनाएको पीडित कर्मचारीले सामाजिक सञ्जालमा बताएकी छन्।
संघीय निजामती ऐन संसद्‌मा दर्ता गर्ने तयारीमा छौँ: प्रधानमन्त्री 
संघीय निजामती ऐन संसद्‌मा दर्ता गर्ने तयारीमा छौँ: प्रधानमन्त्री  राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बुधबार बसेको बैठकमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्को बैठकले संघीय निजामती ऐनलाई टुङ्ग्याइसेकेको जानकारी दिए। अब उक्त विधेयक सदनमा प्रस्तुत  गर्ने अन्तिम तयारी भइरहेको प्रधानमन्त्रीको भनाइ छ। 
बिजुलीको पोल ढलेर लाग्दा वडा सदस्यको मृत्यु
बिजुलीको पोल ढलेर लाग्दा वडा सदस्यको मृत्यु मकवानपुरको बकैया गाउँपालिका– ७ को मानदमारमा बिजुलीको पोल ढलेर लाग्दा वडासदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका वडासदस्य ४० वर्षीय रामकुमार तितुङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले बताए।
को बन्ला धितोपत्र बोर्डको अध्यक्ष, यस्ता छन् सर्त
को बन्ला धितोपत्र बोर्डको अध्यक्ष, यस्ता छन् सर्त नेपाल धितोपत्र बोर्डको नयाँ अध्यक्ष पदमा खुला प्रतिस्पर्धाबाट उम्मेदवार छनौट गरिने भएको छ। रिक्त स्थानमा नियुक्तिका लागि सिफारिस गर्न गठित समितिले पदपूर्तिका लागि आवेदन दिन १५ दिने सूचना जारी गरेको छ। सिफारिस समितिले बुधबार सूचना जारी गर्दै रिक्त रहेको पदमा पदपूर्ति गर्न आवेदन दिन सूचना जारी गरेको हो।
Weather Update