News Griha :: न्यूजगृह
हुन्डी कारोबारमा संलग्न चिनियाँ नागरिक पक्राउ, १२ लाख रुपैयाँ बरामद

काठमाडौं– प्रहरीले हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा एक जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा चीनको संघाई घर भइ हाल भक्तपुरको ठिमी नगरपालिका–३, गठ्ठाघर बस्दै आएका २८ वर्षीया झोउ जियू रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए।

उनका अनुसार झोउको साथबाट स्रोत नखुलेको १२ लाख रुपैयाँ बरामद भएको छ। काठमाडौं उपत्यकामा गैरकानुनीरूपले राष्ट्र बैंकबाट जारी भएको निर्देशन विपरित हुन्डी कारोबार भइरहेको भन्ने सूचनाका आधारमा फागुन १४ गते खटिएको टोलीले उनलाई पक्राउ गरेको रेग्मीले बताए।

उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर, टेकु पठाइएको।

प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  १९:०५
Weather Update