News Griha :: न्यूजगृह
माता पाथिभरा सहकारीका अध्यक्ष श्रेष्ठ जेल चलान
माता पाथिभरा सहकारीका अध्यक्ष श्रेष्ठ जेल चलान पर्वत सदरमुकाम कुश्मामा सञ्चालित माता पाथिभरा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष किशोर श्रेष्ठ पुर्पक्षका लागि जेल चलान भएका छन्।जिल्ला अदालत पर्वतमा मङ्गलबार भएको थुनछेक बहसपछि श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको हो। जिल्ला न्यायाधीश विद्याराज पौडेलको आदेशले उक्त फैसला सुनाएको स्रेस्तेदार राजु ढुङ्गानाले जानकारी दिए।
पाकिस्तानमा राष्ट्रपति निर्वाचनको तयारी, को-को छन् आकाङ्क्षी?
पाकिस्तानमा राष्ट्रपति निर्वाचनको तयारी, को-को छन् आकाङ्क्षी? पाकिस्तानमा अब राष्ट्रपति चुनावको तयारी सुरु हुँदै छ। आम निर्वाचन सम्पन्न भइसकेकाले पाकिस्तानको निर्वाचन आयोगले राष्ट्रपति पदका लागि चुनावी कार्यतालिका जारी गर्ने तयारीमा जुटेको हो। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार मार्च १ तारिखमा राष्ट्रपति पदको चुनावी कार्यतालिका प्रकाशित हुने सम्भावना छ। पाकिस्तानको नयाँ राष्ट्रपतिमा आसिफ अली जरदारीको सम्भावना रहेको छ। उनी पाकिस्तान...
नेपाल वाफ च्याम्पियनसिपको फाइनलमा, उपाधि भिडन्त जोर्डनसँग
नेपाल वाफ च्याम्पियनसिपको फाइनलमा, उपाधि भिडन्त जोर्डनसँग पश्चिम एसियाली फुटबल एसोसिएसन (वाफ) च्याम्पियनसिपमा नेपाल फाइनलमा प्रवेश गरेको छ। साउदी अरेबियामा जारी प्रतियोगिताअन्तर्गत् मंगलबार राति भएको खेलमा लेबनानविरुद्ध २-१ गोलको पुनरामगन जित निकाल्दै नेपालले फाइनलमा स्थान बनाएको हो।नेपालले आफ्नै पोस्टमा गोल गरेपछि लेबनानले अग्रता लिएको थियो। ३८ औं मिनेटमा नेपालकी पुजा रानाले गोलकिपर एन्जिला तुम्बापोलाई दिएको ब्याकपास...
आज काठमाडौंका सस्ता तरकारी काउली, साग: प्रतिकिलो २० रुपैयाँ
आज काठमाडौंका सस्ता तरकारी काउली, साग: प्रतिकिलो २० रुपैयाँ मूल्य सूची अनुसार आज काठमाडौंमा भएका तरकारीमध्ये तराई काउली, तराई बन्दा, तराईंकै सानो टमाटर छन्। यिनीहरूको मूल्य न्यूनतम २० रुपैयाँ प्रतिकेजी छ। त्यस्तै स्थानीय काउली न्यूनतम २५ देखि ३५ रुपैयाँ प्रतिकेजी, भण्टा ४० देखि ५० रुपैयाँ प्रतिकेजी, हिजोकै मूल्य कामय रहेको सबैभन्दा महँगो तरकारी कुरिलो भने आज पनि एक हजार...
खोला सफा गर्दै मनाइयो ‘लदी’ पर्व
खोला सफा गर्दै मनाइयो ‘लदी’ पर्व खोलालाई भगवानका रूपमा मान्दै माझी समुदायले सामूहिक पूजा तथा नदी सफा गरी धुमधामका साथ मौलिक ‘लदी’ अर्थात् ‘कोशीपर्व’ मनाएका छन्। पूजासँगै सामूहिक भोज र नाचगान गरी उनीहरूले यो पर्व मनाएका हुन्।कोशी पूजा संरक्षण समिति जालपादेवी माझी गाउँ युवा क्लबको आयोजना र नेपाल माझी उत्थान सङ्घ सिन्धुपाल्चोकको सहआयोजनामा भएको कार्यक्रममा...
विद्यार्थी नभएर नेपालका विद्यालय बन्द, पढ्न भारत जानुपर्ने बाध्यता
विद्यार्थी नभएर नेपालका विद्यालय बन्द, पढ्न भारत जानुपर्ने बाध्यता सन्दकपुर गाउँपालिका–५ कालपोखरीकी ६८ वर्षीया निम लमु नातिनी पढाउन भारत जाने तरखरमा छन्। ‘भारतको मानेभञ्ज्याङमा रहेको रिब्स स्कुलमा नातिनी पढाउन त्यहाँ नजिकै कोठा खोजिसकेको छु, चैत पहिलो साता यहाँबाट जान्छु’, उनले भनिन्। विद्यार्थी अभावमा सामुदायिक विद्यालयहरू बन्द भएपछि इलामका भारतीय सीमावर्ती गाउँका बालबालिका भारतीय विद्यालयमा पढ्न जाने गरेका छन् ।...
आज उच्च पहाडी क्षेत्रमा हिमपात, बाँकी ठाउँको मौसम सफा रहने
आज उच्च पहाडी क्षेत्रमा हिमपात, बाँकी ठाउँको मौसम सफा रहने आज काठमाडौंसहित देशभरको मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुासर हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।जसकारण दिउँसो उच्च पहाडी र हिमाडी क्षेत्रका केही ठाउँहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। 
भारती मानन्धरले गरिन् विष सेवन, अवस्था मध्यम
भारती मानन्धरले गरिन् विष सेवन, अवस्था मध्यम नेपालगञ्जमा गुण्डा नाइके रिगल समूहबाट हत्या गरिएका चेतन मानन्धरकी श्रीमती भारतीले विष सेवन गरेकी छन्। मंगलबार साँझ भारतीले विषय सेवन गरेको पाइएको बाँके प्रहरीले जनाएको छ। 
विद्यार्थीले उत्पादन गरेको च्याउ बजारमा, मूल्य प्रतिकिलो १२५ रुपैयाँ 
विद्यार्थीले उत्पादन गरेको च्याउ बजारमा, मूल्य प्रतिकिलो १२५ रुपैयाँ  म्याग्दीका प्राविधिक शिक्षालयमा अध्ययनरत विद्यार्थीहरु पढाइका अतिरिक्त आम्दानीसँग पनि जोडिएका छन्। मङ्गला गाउँपालिका–२ स्थित मङ्गला माध्यमिक विद्यालय र मालिका गाउँपालिका–७ बिममा सञ्चालित किसानी कृषि प्राविधिक शिक्षालयमा बाली विज्ञान विषय अध्ययनरत विद्यार्थीले तरकारी, फलफूल च्याउ उत्पादन गरी बिक्री गरेर आम्दानी गर्न थालेका हुन्।
संसद् भवन प्रवेश गरेका लघुवित्तका ऋणीविरुद्ध मुद्दा चलाउने तयारी
संसद् भवन प्रवेश गरेका लघुवित्तका ऋणीविरुद्ध मुद्दा चलाउने तयारी निषेधित क्षेत्र तोडेर सोमबार सङ्घीय संसद् भवन प्रवेश गरेका लघुवित्तका ऋणीहरूविरुद्ध प्रहरीले मुद्दा चलाउने तयारी गरेको छ।नयाँबानेश्वरस्थित संसद् भवन प्रवेश गरेका लघुवित्तका ऋणीहरूलाई प्रहरीले पक्राउ गरि प्रहरी वृत्त नयाँबानेश्वरमा राखेको छ।
प्राधिकरणले भन्यो– धरानमा विमानस्थल निर्माण सम्भव छैन
प्राधिकरणले भन्यो– धरानमा विमानस्थल निर्माण सम्भव छैन नेपाल नागरिक उड्डयन प्राधिकरणले धरानमा विमानस्थल निर्माण सम्भव नरहेको जनाएको छ। धरानमा विमानस्थल बनाउनु नीतिगत व्यवस्थाविपरीत हुने प्राधिकरणको निष्कर्ष रहेको छ।धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पटकपटक धरानमा विमानस्थल बन्नुपर्ने माग राख्दै आएका थिए। उनले काठमाडौं आएर संस्कृति, नागरिक तथा उड्डयनमन्त्री सुदन किरातीलाई भेटेर धरानमा विमानस्थल बनाउनुपर्ने बताएका थिए।
भक्तराजको पार्थिक शरीरमा राष्ट्रिय झण्डा ओढाउँदै प्रधानमन्त्रीले भने– सांगीतिक क्षेत्रमा आचार्यको योगदान महत्वपूर्ण 
भक्तराजको पार्थिक शरीरमा राष्ट्रिय झण्डा ओढाउँदै प्रधानमन्त्रीले भने– सांगीतिक क्षेत्रमा आचार्यको योगदान महत्वपूर्ण  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यले दिएको योगदानले गीत–सङ्गीतको क्षेत्रमा लामो समयसम्म उत्प्रेरणा र दिशानिर्देशन गरिरहने बताएका छन्। आज नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठान पुगी आचार्यको पार्थिव शरीर श्रद्धाञ्जलि अर्पण गर्दै प्रधानमन्त्री दाहालले आचार्यको योगदान मुलुकका लागि महत्वपूर्ण रहेको स्मरण गरे। उनले स्व आचार्यको पार्थिव शरीरमा...
Weather Update