News Griha :: न्यूजगृह
चितवनको होस्टेलमा बालिका मृत्युको घटना शंकास्पद, बलात्कारपछि हत्या भएको परिवारको दाबी
चितवनको होस्टेलमा बालिका मृत्युको घटना शंकास्पद, बलात्कारपछि हत्या भएको परिवारको दाबी गोरखाको अजिरकोट गाउँपालिका–५ मुच्चोकका दीपेन्द्र पोखरेलले आफ्नी १४ वर्षीय छोरी शालीनको आत्महत्या भनिएको घटनाको अनुसन्धान गरी दोषीलाई कारवाही गर्न माग गरेका छन्।चितवनको रत्ननगर नगरपालिका– १० स्थित एकता शिशु निकेतन विद्यालयमा कक्षा ८ मा अध्ययनरत शालीन १२ फागुनमा सोही स्कुलको होस्टेलमा झुण्डिएको अवस्थामा भेटिएकी थिइन्। उक्त घटनाको सत्यतथ्य छानविन गर्न पोखरेलले...
कैलालीमा १४ वर्षीया बालिका बलात्कृत, ६० वर्षीय वृद्ध पक्राउ
कैलालीमा १४ वर्षीया बालिका बलात्कृत, ६० वर्षीय वृद्ध पक्राउ चौधरीले ती बालिकालाई ललाइ फकाई स्थानीय कैलाशेश्वर सामुदायिक वन भित्र लगेर जबरजस्ती करणी गरेको जाहेरीका आधारमा उनी पक्राउ परेका हुन्। घटनाबारे इलाका प्रहरी कार्यालय टीकापुरले थप अनुसन्धान गरिरहेको छ ।
हाजिर जमानीमा रिहा भए 'पीडित' लघुवित्तका ऋणीहरू
हाजिर जमानीमा रिहा भए 'पीडित' लघुवित्तका ऋणीहरू उनीहरूलाई जिल्ला प्रशासन कार्यालय, काठमाडौंले हाजिर जमानीमा छाडेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए। देशका विभिन्न स्थानबाट काठमाडौं आएका लघुवित्त ऋणीहरू फागुन १४ गते नाराबाजी गर्दै संसद् भवन प्रवेश गरेका थिए।
प्रभावकारी बन्दै प्रहरीको ‘क्विक रेस्पोन्स’, सेवाग्राही निकै उत्साहित
प्रभावकारी बन्दै प्रहरीको ‘क्विक रेस्पोन्स’, सेवाग्राही निकै उत्साहित प्रहरी प्रधान कार्यालयले नागरिकको गुनासो, उजुरी तथा सुझावलगायतका प्रहरी सेवासँग सम्बन्धित विषयमा आफ्नो सूचना दिन सक्ने क्यूआर (क्विक रेस्पोन्स) कोडको व्यवस्थालाई विस्तार गरिरहेको छ। उजुरी पेटिकाको डिजिटल संस्करणको रूपमा क्यूआर कोड ल्याइएको प्रधान कार्यालयले जनाएको छ।
शर्मिला वाइबालाई ४ दिन थुनामा राख्न अदालतको अनुमति
शर्मिला वाइबालाई ४ दिन थुनामा राख्न अदालतको अनुमति कुटपिट तथा अङ्गभङ्गको कसुरमा पक्राउ परेकी सामाजिक अभियन्ता भनिएकी शर्मिला वाइबामाथि अनुसन्धान गर्न अदालतले प्रहरीलाई ४ दिन थुनामा राख्न अनुमति दिएको छ। काठमाडौं जिल्ला अदालतले बुधबारदेखि लागू हुने गरी वाइबामाथि अनुसन्धानका लागि ४ दिनको म्याद दिएको हो।
टी–२० आई सिरिजमा नेदरल्यान्ड्सको लगातार दोस्रो जित, नामिबियालाई हराउँदै शीर्ष स्थानमा उक्लियो
टी–२० आई सिरिजमा नेदरल्यान्ड्सको लगातार दोस्रो जित, नामिबियालाई हराउँदै शीर्ष स्थानमा उक्लियो त्रिकोणात्मक टी–२० आई सिरिजमा नेदरल्यान्ड्सले लगातार दोस्रो जित निकालेको छ। नेदरल्यान्ड्सले बिहीबार नामिबियालाई ५९ रनले पराजित गर्‍यो। जितको लागि २४८ रनको कीर्तिमानी लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८८ रन मात्र बनाउन सक्यो। नामिबियाका लागि जेन ग्रीन र जान फ्रिलिंकले समान ४२-४२ रन जोडे।
नेपाली महिलालाई कुवेत पठाउने भन्दै श्रीलंका पुर्‍याएर बेचबिखन, १ जना पक्राउ
नेपाली महिलालाई कुवेत पठाउने भन्दै श्रीलंका पुर्‍याएर बेचबिखन, १ जना पक्राउ नेपाली महिलालाई घरेलु कामदारको रुपमा कुवेत पठाइदिने भन्दै श्रीलंका पुर्‍याएर बेचबिखन गरेको आरोपमा १ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा नवलपरासीको प्रतापपुर गाउँपालिका–४ घर भएका ४७ वर्षीय मदुला मिया भनिने मुर्तुजा मिया छन्।
जिम्मेवारी पन्छाएर राज्यलाई क्षति भए सोही व्यक्तिलाई क्षतिपूर्ति भराउने प्रणाली आवश्यक छ: प्रधानमन्त्री
जिम्मेवारी पन्छाएर राज्यलाई क्षति भए सोही व्यक्तिलाई क्षतिपूर्ति भराउने प्रणाली आवश्यक छ: प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जिम्मेवारी पन्छाएर राज्यलाई क्षति भए सोही व्यक्तिलाई क्षतिपूर्ति भराउने प्रणाली आवश्यक भएको बताउनुभएको छ। चालु आवको नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयन समीक्षा बैठकमा प्रधानमन्त्रीले निर्णय नलिएकै र पन्छाएकै कारणबाट मुलुकलाई कति हानी-नोक्सानी वा क्षति हुनसक्छ भन्ने मूल्याङ्कन गर्ने प्रणाली स्थापित गर्नुपर्ने बताए।
सिंहदरबार, संसद् भवन र प्रधानमन्त्री निवास बाहिर टाँगिएको डोरी प्रहरीले हटायो
सिंहदरबार, संसद् भवन र प्रधानमन्त्री निवास बाहिर टाँगिएको डोरी प्रहरीले हटायो लघुवित्त तथा वित्तीय संस्थाबाट ऋण लिएपछि समस्यामा परेका ऋणीहरु सोमबार संसद् भवन प्रवेश गरेपछि सुरक्षाका लागि भन्दै प्रहरीले सिंहदरबार, संसद् भवन र प्रधानमन्त्रीको निवास बाहिर डोरी टाँगेको थियो। डोरीको बीचबीचमा ब्यानर टाँगेर ‘निषेधित क्षेत्र’ लेखिएको थियो। 
नेदरल्याण्ड्सले नामिबियालाई दियो २४८ रनको लक्ष्य
नेदरल्याण्ड्सले नामिबियालाई दियो २४८ रनको लक्ष्य त्रिकोणात्मक टी–२० आई शृंखलामा नेदरल्याण्ड्सले नामिबियालाई २४८ रनको लक्ष्य दिएको छ।  युवा ओपनर माइकल लेभिटको शतकमा नेदरल्यान्ड्सले नामिबियाविरुद्ध उच्च स्कोर बनायो। बिहीबार त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २४७ रन जोड्यो।
गोङ्गबु र सामाखुसी क्षेत्रमा आज ४ घण्टा विद्युत सेवा बन्द हुने
गोङ्गबु र सामाखुसी क्षेत्रमा आज ४ घण्टा विद्युत सेवा बन्द हुने आज पनि काठमाडौंको महाराजगञ्ज क्षेत्रका केही ठाउँमा विद्युत आपूर्ति बन्द हुने भएको छ।नेपाल विद्युत प्राधिकरण, महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने कामका लागि ४ घण्टा सेवा बन्द गर्न लागिएको हो।
मकवानपुरको बकैया गाउँपालिकामा आज शोक बिदा
मकवानपुरको बकैया गाउँपालिकामा आज शोक बिदा मकवानपुरको बकैया गाउँपालिकाले बिहीबार शोक बिदा दिएको छ। बकैया-७ का वडा सदस्य रामकुमार तितुङको मृत्यु भएपछि पालिकाले शोक बिदा दिने निर्णय गरेको हो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठद्वारा जारी सूचनामा गाउँपालिकाका सम्पूर्ण सरकारी कार्यालय, शिक्षण संस्थामा बिहीबार शोक बिदा दिएको उल्लेख छ।
Weather Update