नेदरल्याण्ड्सले नामिबियालाई दियो २४८ रनको लक्ष्य

काठमाडौं– त्रिकोणात्मक टी–२० आई शृंखलामा नेदरल्याण्ड्सले नामिबियालाई २४८ रनको लक्ष्य दिएको छ। युवा ओपनर माइकल लेभिटको शतकमा नेदरल्यान्ड्सले नामिबियाविरुद्ध उच्च स्कोर बनायो।
बिहीबार त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २४७ रन जोड्यो। त्रिवि क्रिकेट मैदानमा टी–२० क्रिकेटमा बनेको यो नै सबैभन्दा ठूलो स्कोर हो। यसअघि सन् २०२१ मा नेपालले नेदरल्यान्ड्सविरुद्ध २३८ रन बनाएको थियो।
नेदरल्यान्ड्सका लागि ओपनर लेभिटले ६२ बलमा ११ चौका र १० छक्कासहित १३५ रन बनाए। यस्तै, साइब्रान्ड एंगलब्रेक्टले ७५ रन जोडे। ४० बलको सामना गरेका एंगलब्रेक्टले ७ चौका र ५ छक्का प्रहार गरे।
प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८० १३:१८