News Griha :: न्यूजगृह
शर्मिला वाइबालाई ४ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं– कुटपिट तथा अङ्गभङ्गको कसुरमा पक्राउ परेकी सामाजिक अभियन्ता भनिएकी शर्मिला वाइबामाथि अनुसन्धान गर्न अदालतले प्रहरीलाई ४ दिन थुनामा राख्न अनुमति दिएको छ। काठमाडौं जिल्ला अदालतले बुधबारदेखि लागू हुने गरी वाइबामाथि अनुसन्धानका लागि ४ दिनको म्याद दिएको हो।   

वाइबालाई प्रहरीले बुधबार सिन्धुपाल्चोकको बाह्रबिसेबाट पक्राउ गरेको थियो। वाइबा सिन्धुपाल्चोक पुगेको जानकारीपछि काठमाडौं प्रहरीले त्यहाँको प्रहरीसँग समन्वय गरेर पक्राउ गरेको थियो।

वाइबाविरुद्ध कलाकार पवन खतिवडा (म्याकुरी)ले प्रहरीमा जाहेरी दिएका थिए। वाइबाले आफूमाथि कुटपिट भएको भन्दै कलाकार खतिवडाले जाहेरी दिएका थिए। 

केही दिन अघि शर्मिला वाइबा, पवनकी पत्नी सुम्निमा खालिङ र बहिनी गङ्गा पवन बसेको घरभित्र गएर उनीमाथि हातपात गरेको घटना सार्वजनिक भएको थियो।

अनुहारमा चोटैचोट लिएर पवनले पत्रकार सम्मेलन गरेर घटनाबारे जानकारी गराएका थिए। पवनको पत्नी सुम्निमासँग विवाद चलिरहेको छ। सोही विवादको विषयमा प्रवेश गर्दै वाइबाले आफूमाथि कुटपिट गरेको पवनले जाहेरीमा उल्लेख गरेका छन्।
 

प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  १६:१५
Weather Update