मकवानपुरको बकैया गाउँपालिकामा आज शोक बिदा

काठमाडौं– मकवानपुरको बकैया गाउँपालिकाले बिहीबार शोक बिदा दिएको छ। बकैया-७ का वडा सदस्य रामकुमार तितुङको मृत्यु भएपछि पालिकाले शोक बिदा दिने निर्णय गरेको हो।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठद्वारा जारी सूचनामा गाउँपालिकाका सम्पूर्ण सरकारी कार्यालय, शिक्षण संस्थामा बिहीबार शोक बिदा दिएको उल्लेख छ।
मंगलबार दिउँसो साढे १ बजे घरअगाडि एक्कासि बिजुलीको पोल ढलेर लाग्दा ४० वर्षीय तितुङ गम्भीर घाइते भएका थिए। उनलाई उपचारको लागि हेटौंडास्थित चुरेहिल अस्पतालमा लगिएको थियो।
त्यहाँ उपचार सम्भव नभएपछि मंगलबार अपराह्न चितवनको मेडिकल कलेज भरतपुरमा लगिएको थियो। उपचारको क्रममा बुधबार बिहान उनको मृत्यु भएको हो।
प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८० ०६:४८













