News Griha :: न्यूजगृह
टोखामा ३० वर्षीय युवकले गरे आत्मदाहको प्रयास
टोखामा ३० वर्षीय युवकले गरे आत्मदाहको प्रयास टोखा नगरपालिका– १ को चेकपोष्ट नजिक जङ्गलमा एक जना व्यक्तिले आफैंलाई पेट्रोल छर्किएर आत्मदाह गर्ने प्रयास गरेका छन्।नुवाकोटको लिखु गाउँपालिका– १ स्थायी घर भएका अन्दाजी ३० वर्षीय विकल्प खड्कालाई आफैंलाई आगो लगाएको अवस्थामा प्रहरीले उद्धार गरेको।
शालीन मृत्यु प्रकरणमा प्रधानाध्यापकसहित तीन जना पक्राउ
शालीन मृत्यु प्रकरणमा प्रधानाध्यापकसहित तीन जना पक्राउ चितवनको एक स्कुलको होस्टेलमा बालिकाको मृत्यु भएको घटनामा प्रधानाध्यापकसहित तीन जना पक्राउ परेका छन्।गत शनिबार बिहान रत्ननगर नगरपालिका-१५ माधवपुर घर भई वडा १० एकता शिशु निकेतन बोर्डिङ स्कुलको होस्टेलमा बस्ने १४ वर्षीया शालीन पोखरेलको मृत्यु भएको थियो।
सेनाको हायर कमान्ड तथा म्यानेजमेन्ट तालिम सुरु
सेनाको हायर कमान्ड तथा म्यानेजमेन्ट तालिम सुरु नेपाली सेनाको  हायर कमान्ड तथा म्यानेजमेन्ट तालिम सुरु भएको छ। नगरकोटस्थित सैनिक वार कलेजमा शुक्रबार आयोजित समारोहमा बलाधिकृत रथी अशोकराज सिग्देलले तालिम उद्घाटन गरेका हुन्। तालिमको दौरान विविध सैनिक विषयका साथै राष्ट्रिय हितहरू, त्यसको सम्वर्द्धन र प्रवर्द्घन गर्ने तरिका, राष्ट्रिय सुरक्षा नीति तथा रणनीतिहरू जस्ता अति महत्वपूर्ण विषयहरूको बारेमा ज्ञान...
३५ तोला सुन र ११ लाखसहित एक जना पक्राउ
३५ तोला सुन र ११ लाखसहित एक जना पक्राउ विभिन्न जिल्लामा शृङ्खलाबद्ध रुपमा चोरी गर्ने एक युवव पक्राउ परेका छन्। रोल्पाको रोल्पा नगरपालिका–१ का ३३ वर्षीय भरत परियार पर्वतको कुश्मा नगरपालिका–९ कटुवाचौपारीबाट बिहीबार राति २ बजे प्रहरीले पक्राउ गरेको हो । स्थानीय शर्मिला पौडेलले सञ्चालन गर्दै आएको आशिक एन्ड आशिका किराना पसलबाट १० लाख १७ हजार रुपैयाँ नगद, १२...
फास्ट ट्रयाक २०८३ सालसम्म तयार हुन्छ: रक्षामन्त्री
फास्ट ट्रयाक २०८३ सालसम्म तयार हुन्छ: रक्षामन्त्री उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले काठमाडौं–तराई मधेस द्रुतमार्ग निर्माणको काम २०८३ सालसम्म सम्पन्न हुने बताएका छन्।लगातार समयावधि र लगानी थप भइरहेको उक्त सडक आयोजनाको निर्माणको जिम्मा नेपाली सेनाले पाएको छ। काठमाडौं–तराई मधेस द्रुतमार्ग आयोजनाको अपेक्षित लक्ष्य हासिल हुन नसकेको भए तापनि २०८३ चैत मसान्तभित्र काम सकिने उनले बताए। 
काठमाडौं महानगर क्षेत्रभित्र ११८ औषधि पसल मापदण्ड विपरीत सञ्चालित
काठमाडौं महानगर क्षेत्रभित्र ११८ औषधि पसल मापदण्ड विपरीत सञ्चालित काठमाडौं महानगरपालिका क्षेत्रिभत्र ११८ वटा औषधि पसल (फार्मेसी)हरु मापदण्ड विपरीत सञ्चालित भएका पाइएको छ। काठमाडौं महानगरपालिकाले गरेको अनुगमनका क्रममा ११८ औषधि पसलले आधारभूत मापदण्डसमेत पालन नगरेको पाइएको हो। 
आइतबारसम्म काठमाडौंसहित पहाडी भूभागमा चट्याङ र असिनापानी, तराईमा हल्का वर्षा
आइतबारसम्म काठमाडौंसहित पहाडी भूभागमा चट्याङ र असिनापानी, तराईमा हल्का वर्षा पश्चिमी वायुको प्रभावका कारण आगामी आइतबारसम्म काठमाडौं उपत्यकासहित मध्यपहाडी क्षेत्रमा चट्याङसहितको असिना पानी पर्ने सम्भावना रहेको छ। मौसमविद् डा. विनोद पोखरेलले शनिबार र आइतबार मध्यपहाडी क्षेत्र र काठमाडौं उपत्यकामा समेत चट्याङ र असिनासहितको पानी पर्ने सम्भावना रहेको बताए। 
टिपरको ठक्करले जीपमा सवार तीनजनाको मृत्यु
टिपरको ठक्करले जीपमा सवार तीनजनाको मृत्यु मोरङको बेलबारीमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ।टिपरले जीपलाई ठक्कर दिँदा जीपमा सवार तीनजनाको मृत्यु भएको प्रहरीले जनाएको छ।  पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको बेलबारीमा मे १ झ २८५६ नम्बरको जीपलाई प्रदेश ०२- ००१ ख ९६७६ नम्बरको टिपरले ठक्कर दिएको थियो।
गोठमा आगलागी हुँदा जलेर बर्दियामा एक जनाको मृत्यु
गोठमा आगलागी हुँदा जलेर बर्दियामा एक जनाको मृत्यु आगलागीपछि गोठमा भएका पशु चौपाया निकाल्ने क्रममा ५८ वर्षीय लक्षिराम जैशीको जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय भुरिगाउँले जनाएको छ। आगलागी नियन्त्रण गर्ने क्रममा राति १० बजे तिर लछिरामको शव जलेको अवस्थामा फेला परेको प्रहरी जनाएको छ।
आज र भोलि वर्षाको सम्भावना, यी स्थानमा पर्ने छ पानी
आज र भोलि वर्षाको सम्भावना, यी स्थानमा पर्ने छ पानी आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा के भयो? 
भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा के भयो?  भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ। नेपाल आयल निगमका अनुसार इन्डियन आयल कर्पोरेसनबाट बिहीबार पेट्रोलको मूल्य प्रतिलिटर २१ पैसा र डिजेलको मूल्य प्रतिलिटर ८५ पैसाले बढेर आएको छ।निगमका अनुसार एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २१.६६ रुपैयाँले बढेर आएको छ। अहिले निगमलाई प्रतिसिलिन्डर ३२५ रुपैयाँ घाटा छ।
Weather Update