News Griha :: न्यूजगृह
आइतबारसम्म काठमाडौंसहित पहाडी भूभागमा चट्याङ र असिनापानी, तराईमा हल्का वर्षा

काठमाडौं– पश्चिमी वायुको प्रभावका कारण आगामी आइतबारसम्म काठमाडौं उपत्यकासहित मध्यपहाडी क्षेत्रमा चट्याङसहितको असिना पानी पर्ने सम्भावना रहेको छ। मौसमविद् डा. विनोद पोखरेलले शनिबार र आइतबार मध्यपहाडी क्षेत्र र काठमाडौं उपत्यकामा समेत चट्याङ र असिनासहितको पानी पर्ने सम्भावना रहेको बताए। 

‘शनिबार बिहानैदेखि वर्षा हुने र पश्चिमी क्षेत्रमा हिमपात र हल्का वर्षा हुने देखिन्छ। पोखरा र काठमाडौंमा पनि वर्षा हुने देखिन्छ,’ उनले भने। आइतबार पनि पानी पर्न सक्ने र सोमबारदेखि फेरि मौसम सामान्य हुने उनले बताए। 

उनका अनुसार यही अवधिमा तराईमा भने हल्का वर्षामात्रै हुने छ भने पूर्वी तराईमा भने पानी पर्ने सम्भावना कम छ। उच्च पहाडी र हिमाली भेगमा भने हिमपात हुने मौसमविद् पोखरेलले जानकारी दिए।

प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  १०:२२
Weather Update