News Griha :: न्यूजगृह
टिपरको ठक्करले जीपमा सवार तीनजनाको मृत्यु

विराटनगर– मोरङको बेलबारीमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ।

टिपरले जीपलाई ठक्कर दिँदा जीपमा सवार तीनजनाको मृत्यु भएको प्रहरीले जनाएको छ।  पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको बेलबारीमा मे १ झ २८५६ नम्बरको जीपलाई प्रदेश ०२- ००१ ख ९६७६ नम्बरको टिपरले ठक्कर दिएको थियो।

प्रहरीका अनुसार जीपमा सवार झापाको कमल गाउँपालिका-२ का ५२ वर्षीय यदुकान्त भट्टराई, ४४ वर्षीया दिपा खनाल र ३६ वर्षीय कृष्ण गजुरेलको मृत्यु छ। मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालका अनुसार जीपमा सवार सोही ठाउँका हरि खनाल र गायत्री भट्टराई घाइते छन् । उनीहरूको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले प्रहरीले टिपर चालक मोरङको सुन्दरहरैंचा नगरपालिका-७ का २३ वर्षीय चन्द्रबहादुर विकलाई नियन्त्रणमा लिएको जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  ०९:५९
Weather Update