News Griha :: न्यूजगृह
टोखामा ३० वर्षीय युवकले गरे आत्मदाहको प्रयास

काठमाडौं– टोखा नगरपालिका– १ को चेकपोष्ट नजिक जङ्गलमा एक जना व्यक्तिले आफैंलाई पेट्रोल छर्किएर आत्मदाह गर्ने प्रयास गरेका छन्।

नुवाकोटको लिखु गाउँपालिका– १ स्थायी घर भएका अन्दाजी ३० वर्षीय विकल्प खड्कालाई आफैंलाई आगो लगाएको अवस्थामा प्रहरीले उद्धार गरेको।

उनलाई उद्धार गरेर किर्तिपुरस्थित बर्न सेन्टरमा लगिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीले बताए। तर, उनको अवस्था गम्भीर रहेको अधिकारीले बताए। आफैं आगो लगाउनुको कारण खुलेको छैन।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  २१:१६
Weather Update