News Griha :: न्यूजगृह
शालीन मृत्युको कारण ह्याङ्गिङ, देखिएन बलात्कार 
शालीन मृत्युको कारण ह्याङ्गिङ, देखिएन बलात्कार  त्रिवि शिक्षण अस्पतालमा गरिएको पोस्टमार्टममा बलात्कार वा यौनजन्य अपराधका कुनै संकेत नभेटिएको स्रोतले बतायो। फागुन १२ मा विद्यालयको छात्रावासको कोठामा शालीन मृत अवस्थामा भेटिएकी थिइन्। उनको शव पोस्टमार्टमका लागि भरतपुर अस्पताल लगिएको थियो। तर, परिवारले अस्पतालको विश्वास नभएको भन्दै दबाब दिएर प्रहरीको रोहबरमा काठमाडौं ल्याएको हो।
घरेलु हिंसा पीडित मधेसमा सबैभन्दा धेरै, कर्णालीमा कम
घरेलु हिंसा पीडित मधेसमा सबैभन्दा धेरै, कर्णालीमा कम प्रहरीको तथ्यांक अनुसार ६ महिनाको अवधिमा घरेलु हिंसाबाट कूल ८ हजार २ सय १४ जना पीडित भएका छन्। पीडितमध्ये पनि ७ हजार ४ सय ०१ जना महिला र ८ सय १३ जना पुरूष रहेका छन्। पीडित हुनेमा निरक्षर ३ प्रतिशत, सामान्य साक्षर ७७ प्रतिशत, विद्यालस्तर १४ प्रतिशत र प्रमाणपत्र तह...
बाख्रामा लाग्ने पीपीआर रोग नियन्त्रण गर्न अभियान
बाख्रामा लाग्ने पीपीआर रोग नियन्त्रण गर्न अभियान बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भेडाबाख्रामा लाग्ने पीपीआर रोग नियन्त्रण तथा रोकथामका लागि पीपीआर खोप अभियान सञ्चालन गरेको छ। यो अभियानअन्तर्गत करिब पाँच लाख बाख्रामा खोप लगाइएको छ। फागुन १६ गतेदेखि सुरु भएको सप्ताहव्यापी खोप अभियान कार्यक्रमको चौँथो दिन शनिबारसम्ममा पाँच लाख ४९ हजार ८१ बाख्रामा खोप लगाइसकिएको...
 नेदरल्यान्ड्स र नामिबियाबीचको खेल वर्षाका कारण रोकियो
 नेदरल्यान्ड्स र नामिबियाबीचको खेल वर्षाका कारण रोकियो त्रिकोणात्मक टी-२० आई सिरिजअन्तर्गत नेदरल्यान्ड्स र नामिबियाबीचको खेल वर्षाका कारण रोकिएको छ। त्रिवि क्रिकेट मैदानमा लिग चरणको अन्तिम खेल चलिरहँदा वर्षा भएपछि खेल रोकिएको हो। टस हारेर पहिला ब्याटिङ थालेको नामिबियाले १५ ओभरमा ४ विकेट गुमाउँदै ९८ रन बनाएको अवस्थामा खेल रोकिएको हो।
स्कूल बसको ठक्करले एक जनाको घटनास्थलमै मृत्यु
स्कूल बसको ठक्करले एक जनाको घटनास्थलमै मृत्यु स्कूल बसको ठक्करले धनुषामा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। जनकपुरधामस्थित जकपुरधाम उपमहानगरपालिका २३ विन्धीमा एन्जल्स सेकेन्डरी बोर्डिङ स्कूलको बसले ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा सात जना भन्दा बढी घाइते भएका छन्। 
काठमाडौं उपत्यकामा गड्याङगुडुङसहितको वर्षा
काठमाडौं उपत्यकामा गड्याङगुडुङसहितको वर्षा अहिले काठमाडौं उपत्यकाभित्र वर्षा भइरहेको छ। बिहानैदेखि मौसममा आएको परिवर्तनसँगै वर्षा भएको हो। वर्षाले हिँड्डुलमा समस्या पैदा गराएको छ। वर्षाभएसँगै चिसो पनि बढेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती प्रदेशसहित कोशी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम बर्षा भइरहेको छ। 
मोटरसाइकलको ठक्करले आमाको मृत्यु, छोरी सिकिस्त
मोटरसाइकलको ठक्करले आमाको मृत्यु, छोरी सिकिस्त मोटरसाइकलको ठक्करबाट झापाको मेचीनगरमा एकजना पैदलयात्री महिलाको मृत्यु भएको छ। दुर्घटनामा उनकी छोरी सिकिस्त घाइते भएकी छन्।प्रहरीका अनुसार मोटरसाइकलको ठक्करबाट शनिबार बेलुका मेचीनगर–५ की ५५ वर्षीया देवीमाया विश्वकर्मा र उनकी छोरी ६ वर्षीया निशा सिकिस्त घाइते भएका थिए।
१३ वर्षीया बालिका बलात्कृत, ३० वर्षीय युवा पक्राउ  
१३ वर्षीया बालिका बलात्कृत, ३० वर्षीय युवा पक्राउ   १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको हारोपमा प्रहरीले बदिर्याबाट एक पुरुषलाई पक्राउ गरेको छ। बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले बारबर्दिया नगरपालिका–२ गौरिपारा बस्ने ३० वर्षीय विकास थारूलाई शनिबार बेलुकी पक्राउ गरेको जनाएको छ। थारूले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरीले उनलाई...
बालविवाह रोक्ने प्रयास: निमन्त्रणा कार्डमा बेहुला–बेहुलीको जन्ममिति अनिवार्य
बालविवाह रोक्ने प्रयास: निमन्त्रणा कार्डमा बेहुला–बेहुलीको जन्ममिति अनिवार्य रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–३ ले बालविवाह न्यूनीकरण तथा मदिरा र सुर्तीजन्य पदार्थ  बिक्री वितरण तथा सेवन नियन्त्रण गर्न सक्रियता देखाएको छ। वडाले बालविवाह हुन नदिन विवाहको निमन्त्रणा कार्डमा अनिवार्य बेहुला र बेहुलीको जन्ममिति उल्लेख गर्नुपर्ने प्राबधान कार्यान्वयनमा ल्याएको छ। आठबीसकोट–३ का वडाध्यक्ष केशरमान विकले बालविवाह हुन नदिन विवाहको निमन्त्रणा ‘कार्ड’मा अनिवार्यरूपमा...
पाकिस्तानमा अबको प्रधानमन्त्री को ?
पाकिस्तानमा अबको प्रधानमन्त्री को ? पाकिस्तानमा आज प्रधानमन्त्री पदका लागि निर्वाचन हुँदैछ। प्रधानमन्त्री चयनका लागि निर्वाचन प्रक्रिया नेपाली समय अनुसार पौने १२ बजेदेखि सुरुहुने छ। पाकिस्तानमा पनि नेपालमा जस्तै संसदबाट प्रधानमन्त्री चुन्ने प्रचलन छ।हालै सम्पन्न आम निर्वाचनबाट पाकिस्तानमा त्रिशंकु संसद बनेकाले गठबन्धनको बलमा प्रधानमन्त्री चयन हुने छ। जसमा नवाज सरिफको पीएमएल–एन र बिलावल भुट्टोको...
घरमा आगलागी हुँदा सुनसरीमा एक महिलाको मृत्यु
घरमा आगलागी हुँदा सुनसरीमा एक महिलाको मृत्यु सुनसरीको इटहरीमा शनिबार मध्यराति भएको आगलागीमा परी एक महिलाको मृत्यु भएको छ। इटहरी उपमहानगरपालिका-६, बीपी चोकस्थित विष्णु खड्काको घरमा आगलागी हुँदा जलेर ५२ वर्षीया गोपीमाया कटुवालको मृत्यु भएको प्रहरीले जनाएको छ।कटुवाल सुतेको कोठामा आगलागी भएको थियो। आगोले कोठामा भएका सबैजसो सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
कोहलपुरमा घोङही खाने प्रतियोगिता
कोहलपुरमा घोङही खाने प्रतियोगिता आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने ध्येयले बाँकेको कोहलपुरमा घोङही खाने प्रतियोगिता हुने भएको छ । नेपाल युवा परिषद् लुम्विनी प्रदेशस्तरीय युवा सम्मेलनका अवसरमा घोङहीको व्यावसायीकरण र ‘ब्रान्डिङ’ गर्न प्रतियोगिता हुन  लागेको हो । घरबास (होमस्टे) सङ्घका महासचिव कृष्ण चौधरीले प्रतियोगितामा घोङही खाने तरिका र शैलीबारेसमेत जानकारी दिइने जानकारी दिए। प्रतियोगितामा चार...
Weather Update