News Griha :: न्यूजगृह
 नेदरल्यान्ड्स र नामिबियाबीचको खेल वर्षाका कारण रोकियो

काठमाडौं– त्रिकोणात्मक टी-२० आई सिरिजअन्तर्गत नेदरल्यान्ड्स र नामिबियाबीचको खेल वर्षाका कारण रोकिएको छ। त्रिवि क्रिकेट मैदानमा लिग चरणको अन्तिम खेल चलिरहँदा वर्षा भएपछि खेल रोकिएको हो। 

टस हारेर पहिला ब्याटिङ थालेको नामिबियाले १५ ओभरमा ४ विकेट गुमाउँदै ९८ रन बनाएको अवस्थामा खेल रोकिएको हो। मेघ गर्जनसहित वर्षा भएपछि त्रिवि क्रिकेट मैदान त्रिपालले ढाकिएको छ। 

वर्षा जारी रहे खेल प्रभावित हुने देखिन्छ। आइतबारको खेल रद्द भएमा नेदरल्यान्ड्स फाइनलमा पुग्नेछ। नामिबियासँग सामान्य अन्तरले पराजित हुँदा हुँदा पनि नेदरल्यान्ड्स नेटरनरेटका आधारमा माथि रहँदै फाइनल पुग्नेछ।

नामिबियाले फाइनलमा स्थान बनाउन विशाल रनको अन्तरले जित निकाल्नुपर्ने हुन्छ। सिरिजको आयोजक टिम नेपालले भने लिग चरणका २ खेलमा जित र २ खेलमा हार बेहोरेको छ। अंक तालिकामा ४ अंकका साथ नेपालको फाइनल पुग्ने सम्भावना बलियो छ। जारी सिरिजको फाइनल खेल मंगलबार हुनेछ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  १३:१९
Weather Update