स्कूल बसको ठक्करले एक जनाको घटनास्थलमै मृत्यु
-1709450885.jpeg)
जनकपुरधाम– स्कूल बसको ठक्करले धनुषामा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।
जनकपुरधामस्थित जकपुरधाम उपमहानगरपालिका २३ विन्धीमा एन्जल्स सेकेन्डरी बोर्डिङ स्कूलको बसले ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा सात जना भन्दा बढी घाइते भएका छन्।
दुर्घटनाको कारण खुलेको छैन।
प्रकाशित मिति: आइतबार, फागुन २०, २०८० १३:१३