News Griha :: न्यूजगृह
शालीन मृत्युको कारण ह्याङ्गिङ, देखिएन बलात्कार 

काठमाडौं– चितवनको शिशु निकेतन विद्यालयभित्र मृत भेटिएकी शालीन पोखरेलको बलात्कार नभएको पोस्टमार्टममा देखिएको छ।

त्रिवि शिक्षण अस्पतालमा गरिएको पोस्टमार्टममा बलात्कार वा यौनजन्य अपराधका कुनै संकेत नभेटिएको स्रोतले बतायो। फागुन १२ मा विद्यालयको छात्रावासको कोठामा शालीन मृत अवस्थामा भेटिएकी थिइन्। उनको शव पोस्टमार्टमका लागि भरतपुर अस्पताल लगिएको थियो। तर, परिवारले अस्पतालको विश्वास नभएको भन्दै दबाब दिएर प्रहरीको रोहबरमा काठमाडौं ल्याएको हो।

त्रिवि अस्पतालले आइतबार पोस्टमार्टम रिपोर्ट प्रहरीलाई पठाए हो। रिपोर्टमा मृत्युको कारण ह्याङ्गिङ (झुण्डिएर) भनिएको छ । यसले आत्महत्यातर्फ संकेत गर्छ । प्रहरीको प्रारम्भिक अनुसन्धानले पनि आत्महत्या भएको देखाएको छ। यद्यपि, सामाजिक सञ्जालमा बलात्कार र हत्या भन्दै प्रचारप्रसार भएपछि प्रहरी दबाबमा परेको थियो।

प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  १४:२५
Weather Update