News Griha :: न्यूजगृह
निजामती सेवा विधेयक संसद्मा दर्ता, अवकाश उमेर २ वर्ष थप
निजामती सेवा विधेयक संसद्मा दर्ता, अवकाश उमेर २ वर्ष थप संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संसद् सचिवालयमा कर्मचारीवृत्तमा बहुप्रतीक्षित विधेयक दर्ता गरेको हो। सचिवालयका प्रवक्ता एकराम गिरीले विधेयक दर्ता भएको जानकारी दिए। मन्त्रालयले मन्त्रिपरिषद्बाट पास भएर आएको विधेयक संसद्मा सोमबार दर्ता गरेको हो।
सशस्त्र प्रहरीका डीएसपीले क्वार्टरमै गरे आत्महत्या  
सशस्त्र प्रहरीका डीएसपीले क्वार्टरमै गरे आत्महत्या   मोरङमा सशस्त्र प्रहरी बलका डीएसपी उपेन्द्र बस्याल मृत फेला परेका छन्।धनपालथान गाउँपालिका–३ स्थित प्रस्तावित सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म सोह्रबाघमा कार्यरत डीएसपी बस्याल सोमबार दिउँसो साढे २ बजेतिर झुण्डिएको अवस्थामा मृत फेला परेका जिल्ला प्रहरी कार्यालयका एसपी नवराज कार्कीले जानकारी दिए।
मिसन ८४ बाट एमाले देशको निर्णायक शक्ति बन्छ– ‌ओली
मिसन ८४ बाट एमाले देशको निर्णायक शक्ति बन्छ– ‌ओली नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले, मिसन ८४ बाट नेकपा एमाले देशको निर्णायक शक्तिको रुपमा परिणत हुने दाबी गरेका छन्। सोमबार काठमाडौंमा आयोजित नेपाल ट्रेड युनियन आन्दोलनको ७७ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ०८४ को निर्वाचनमा बहुमत ल्याउने मात्र नभइ एमालेलाई निर्णायक शक्तिको रुपमा परिणत गर्ने मिसन भएकाले...
राष्ट्रपति भेटेर फर्किए प्रधानमन्त्री
राष्ट्रपति भेटेर फर्किए प्रधानमन्त्री राष्ट्रपति रामचन्द्र पौडेलसँग ताजा राजनीतिक घटनाक्रमबारे छलफल गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल शीतल निवासबाट फर्किएका छन्।  नयाँ गठबन्धनको सबै तयारी सकेपछि दाहालले राष्ट्रपतिसँग भेट्न समय मागेका थिए।नेपाली कांग्रेस सहितका दलहरुलाई नयाँ गठबन्धनबारे कुनै जानकारी नै नदिइ दाहालले एमाले सहितका दलहरुको गठबन्धन बनाएको एकीकृत समाजवादीले प्रतिक्रिया दिएको छ।
राष्ट्रपति भेट्न शीतल निवास पुग्दै प्रधानमन्त्री
राष्ट्रपति भेट्न शीतल निवास पुग्दै प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल नयाँ गठबन्धन बनेको सन्देश सुनाउन राष्ट्रपति निवास जान लागेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलसँग समय लिएर प्रधानमन्त्री दाहाल शीतल निवास आउन लागेको त्यहाँ निकट स्रोतले जनाएको छ।
प्रचण्डकै नेतृत्वमा एमाले, रास्वपा र जसपा सरकारमा सहभागि हुँदै, रवि र उपेन्द्र पनि मन्त्री बन्दै
प्रचण्डकै नेतृत्वमा एमाले, रास्वपा र जसपा सरकारमा सहभागि हुँदै, रवि र उपेन्द्र पनि मन्त्री बन्दै नेकपा माओवादी केन्द्रकै नेतृत्वमा बनेको नयाँ गठबन्धनले सबै दलका नेताको प्रतिनिधित्व रहने गरी सानो मन्त्रिमण्डल गठन गर्ने सहमति गरेको छ। प्रतिनिधि सभामा एमालेका ७९, माओवादीका ३२ र रास्वपाका २१ जना सांसद छन्। सरकार बनाउन तीन दलको संख्या पर्याप्त छ। सरकार निर्माणका लागि १३८ जना सांसद आवश्यक पर्छ। प्रधानमन्त्री पुष्पकमल दाहाल...
नयाँ गठबन्धनप्रति सकारात्मक, बेलुका बस्ने बैठकले निर्णय गर्छौं– रेमश चौधरी
नयाँ गठबन्धनप्रति सकारात्मक, बेलुका बस्ने बैठकले निर्णय गर्छौं– रेमश चौधरी नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीले नयाँ बन्ने गठबन्धनमा आफूहरू सहभागी हुने संकेत गरेका छन्। नयाँ सत्तासमीकरणसहितको गठबन्धन बनाउने गृहकार्यमा दलहरू जुटेका बेला बालुवाटार पुगेका चौधरीले आफूहरू पनि नयाँ गठबन्धनसँग सकारात्मक रहेको प्रतिक्रिया दिए। उनले भने, ‘हामी अब बन्ने नयाँ गठबन्धनसँग सकारात्मक छौँ। हाम्रो उपस्थिति प्रदेश र संघ दुवैमा भएकाले...
माओवादीबाट वर्षमान पुन मन्त्री बन्ने
माओवादीबाट वर्षमान पुन मन्त्री बन्ने नेकपा माओवादी केन्द्रबाट वर्षमान पुन मन्त्री बन्ने भएका छन्।कांग्रेस सहितको सत्ता गठबन्धन भत्किएसँगै नयाँ बन्ने मन्त्रिपरिषद्मा वर्षमान पुनलाई पठाउने निर्णय भएको माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले जानकारी दिए। अहिले वर्षमान पुनलाई मन्त्रिपरिषद्मा पठाउने र अरूको बारेमा पछि छलफल हुनेछ,’ पौडेलले भने। उनको मन्त्रालय भने टुंगिनसकेको पौडेलले जानकारी दिए। नयाँ  ...
जीपले ट्याक्टरलाई ठक्कर दिँदा महोत्तरीमा दुईको मृत्यु, एकजना  घाइते
जीपले ट्याक्टरलाई ठक्कर दिँदा महोत्तरीमा दुईको मृत्यु, एकजना  घाइते मृत्यु हुनेमा महोत्तरीको पिपरा गाउँपालिका–५ का ६० वर्षीय अकवर राइन र धनुषा क्षिरेश्वरनाथ नगरपालिका–१ का ६० वर्षीय राजकिशोर यादव छन्। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार जनकपुरतिरबाट मटिहानीतिर गइरहेको भारतीय नम्बरको जीपले पिपरा–१ स्थित सडकखण्डमा पिपराबाट मटिहानतिर जाँदै गरेको मधेस प्रदेश ०१ त ३००९ नम्बरको...
आजको प्रतिनिधि सभा स्थगित हुन सक्ने
आजको प्रतिनिधि सभा स्थगित हुन सक्ने आजलाई बोलाइएको प्रतिनिधि सभा बैठक स्थगित हुने सम्भावना बढेको छ। पछिल्लो विकसित राजनीतिक घटनाक्रमले गर्दा सूचना टाँस गरेर बैठक स्थगित हुने सम्भावना बढेको हो। संसद सचिवालयले भने अहिलेसम्म कुनै सूचना नआएको जनाएको छ।प्रधानमन्त्री नयाँ सत्तागठबन्धन घोषणा गर्ने तयारीमा रहेको, प्रतिपक्षी एमाले पनि नयाँ गठबन्धनमा सहभागी हुने तयारीमा जुटेका कारण...
रास्वपामा परिस्थिति हेरेर निणर्य लिने अधिकार सभापतिलाई
रास्वपामा परिस्थिति हेरेर निणर्य लिने अधिकार सभापतिलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वर्तमान राजनीतिक परिस्थिति हेरेर निणर्य लिने अधिकार सभापति रवि लामिछानेलाई दिएको छ। सोमबार बिहानै बसेको पार्टी सचिवालय बैठकले वर्तमान राजनीतिक घटनाक्रमको समीक्षा गर्दै अब तत्काल लिनुपर्ने राजनीतिक निणर्यहरू लिने अधिकार सभापतिलाई दिएको हो। बैठकमा सभापति लामिछानेले समसामयिक घटनाक्रमबारे बिफ्रिङ गरेका थिए । सत्ता गठबन्धनमा खटपट पैदा...
कानपुरका वैभवलाई ‘इण्डियन आइडल १४’को उपाधि
कानपुरका वैभवलाई ‘इण्डियन आइडल १४’को उपाधि भारत कानपुरका वैभव गुप्ताले गायन रियालिटी शो ‘इण्डियन आइडल १४’को उपाधि जितेका छन्। उनले उपाधिसँगै २५ लाख रुपैयाँको चेक र एक ब्रेजा कार उपहार स्वरुप पाए।शोको फिनालेमा वैभवसहित शुभदीप दास चौधरी, अनन्या पाल, आद्या मिश्रा, पीयूष पंवार र अञ्जना पद्मनाभन प्रतिष्पर्धी थिए।शोमा शुभदीप र पीयूष क्रमशः फस्ट र...
Weather Update