सशस्त्र प्रहरीका डीएसपीले क्वार्टरमै गरे आत्महत्या

काठमाडौं– मोरङमा सशस्त्र प्रहरी बलका डीएसपी उपेन्द्र बस्याल मृत फेला परेका छन्।
धनपालथान गाउँपालिका–३ स्थित प्रस्तावित सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म सोह्रबाघमा कार्यरत डीएसपी बस्याल सोमबार दिउँसो साढे २ बजेतिर झुण्डिएको अवस्थामा मृत फेला परेका जिल्ला प्रहरी कार्यालयका एसपी नवराज कार्कीले जानकारी दिए।
उनका अनुसार गुल्मको क्वार्टरस्थित कोठामा पङ्खामा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्। ३८ वर्षीय उनी पाल्पाका हुन्। उनको परिवार काठमाडौं बस्दै आएको प्रहरीले जनाएको छ। आत्महत्या गर्नुको कारण खुलेको छैन।
प्रकाशित मिति: सोमबार, फागुन २१, २०८० १६:३२













