News Griha :: न्यूजगृह
नयाँ गठबन्धनप्रति सकारात्मक, बेलुका बस्ने बैठकले निर्णय गर्छौं– रेमश चौधरी
फाइल तस्बिर

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीले नयाँ बन्ने गठबन्धनमा आफूहरू सहभागी हुने संकेत गरेका छन्। 

नयाँ सत्तासमीकरणसहितको गठबन्धन बनाउने गृहकार्यमा दलहरू जुटेका बेला बालुवाटार पुगेका चौधरीले आफूहरू पनि नयाँ गठबन्धनसँग सकारात्मक रहेको प्रतिक्रिया दिए। उनले भने, ‘हामी अब बन्ने नयाँ गठबन्धनसँग सकारात्मक छौँ। हाम्रो उपस्थिति प्रदेश र संघ दुवैमा भएकाले गठबन्धनमा हाम्रो भूमिका पनि हुन्छ। अहिले सकारात्मक भए पनि भरे बेलुका पार्टी कार्यालय अनामनगरमा संघ र प्रदेशका सांसदको बैठक डाकिएको छ। सोही बैठकले गर्ने निर्णय अनुसार हामी अघि बढ्छौं।’

चौधरीले आफ्ना माग सम्बोधन भए सरकारमा सहभागी हुने दावी गरे। उनले भने, ‘हाम्रा धेरै माग मुद्धा छन्। तीन मागलाई सम्बोधन गराएर हामी सरकारमा जाने हो। जनतालाई आकर्षित गराउने मागमुद्दा सम्बोधन भएपछि मात्र हामी सरकारमा सहभागी हुन्छौँ।’

अहिले नेताहरूबीच छलफल चलिरहेको बताउँदै उनले गठबन्धनमा सहभागी दलले अन्य दललाई गठबन्धनमा सहभागी हुन आह्वान गरेको र छलफल भइरहेको बताए।

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  ११:१२
Weather Update