News Griha :: न्यूजगृह
आफ्ना मन्त्रीहरुलाई सरकारबाट फिर्ता हुन एकीकृत समाजवादीको निर्देशन  
एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल (फाइल तस्बिर)

काठमाडौं– नेकपा एकीकृत समाजवादीले आफ्ना मन्त्रीहरुलाई सरकारबाट फिर्ता हुन निर्देशन दिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन फेरेर नेकपा एमाले सहितसँग सहकार्य गरेपछि एकीकृत समाजवादीले आफ्ना मन्त्रीहरुलाई कार्यालय गएर बिदा हुन निर्देशन दिएको हो। 

एकीकृत समाजवादीको सचिवालय बैठकले सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको नेता गङ्गालाल तुलाधरले जानकारी दिए। प्रधानमन्त्री प्रचण्डले आफ्ना मन्त्रीहरुलाई केही नभनेको भए पनि नयाँ मन्त्रीहरुको शपथ हुने तय भएकाले मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिइएको तुलाधरको भनाइ छ। 

सत्ता समीकरण र गठबन्धन फेरबदलको विषयमा अन्य कुनै निर्णय नभएको तुलाधरको भनाइ छ। 

प्रचण्ड नेतृत्वको सरकारमा एकीकृत समाजवादीबाट २ जना मन्त्री र १ जना राज्यमन्त्री छन्। एकीकृत समाजवादीबाट उपमहासचिव बेदुराम भुसाल कृषि तथा पुशपंक्षी विकास र प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायात मन्त्री छन्। यस्तै, नन्दा चपाई भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री छन्। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  १७:४२
Weather Update