News Griha :: न्यूजगृह
निजामती सेवा विधेयक संसद्मा दर्ता, अवकाश उमेर २ वर्ष थप

काठमाडौं– संसद् सचिवालयमा निजामती सेवा विधेयक दर्ता भएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संसद् सचिवालयमा कर्मचारीवृत्तमा बहुप्रतीक्षित विधेयक दर्ता गरेको हो। सचिवालयका प्रवक्ता एकराम गिरीले विधेयक दर्ता भएको जानकारी दिए। मन्त्रालयले मन्त्रिपरिषद्बाट पास भएर आएको विधेयक संसद्मा सोमबार दर्ता गरेको हो।

मन्त्रालयले तयार गरेको मस्यौदामा मन्त्रिपरिषद्बाट केही बुँदाहरू संशोधन गरिएका छन्। अब आवश्यक संशोधन गर्ने जिम्मेवारी संसद्ले पाएको छ। त्योसँगै संसद्ले पारित गरेको विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐन बन्नेछ। मन्त्रालयले मन्त्रिपरिषद्मा यो विधेयक पठाउँदा विशिष्ट श्रेणीमा तीन तह राखेको थियो। तेह्रौँ तह अतिरिक्त सचिव, चौधौँ तह सचिव र पन्ध्रौँ तहलाई मुख्य सचिवको रुपमा राखिएको थियो।

मन्त्रिपरिषद्ले भने पुरानै व्यवस्था गर्दै सचिव र मुख्यसचिव मात्रै रहने गरी १३औँ र १४औँ तहको मात्रै व्यवस्था गरिदिएको छ। त्यस्तै कर्मचारीको अवकाश उमेर भने २ वर्ष थप गरेको छ। अहिलेसम्म निजामती कर्मचारीको ५८ वर्ष रहेकोमा अब भने ६० वर्ष उमेर रहने व्यवस्था गरिएको छ।  

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  १७:१६
Weather Update