जीपले ट्याक्टरलाई ठक्कर दिँदा महोत्तरीमा दुईको मृत्यु, एकजना घाइते

महोत्तरी– महोत्तरीको मटिहानी जनकपुर सडकखण्डमा भारतीय नम्बर प्लेटको जीपले गएराति ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने एकजना घाइते छन्।
मृत्यु हुनेमा महोत्तरीको पिपरा गाउँपालिका–५ का ६० वर्षीय अकवर राइन र धनुषा क्षिरेश्वरनाथ नगरपालिका–१ का ६० वर्षीय राजकिशोर यादव छन्। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार जनकपुरतिरबाट मटिहानीतिर गइरहेको भारतीय नम्बरको जीपले पिपरा–१ स्थित सडकखण्डमा पिपराबाट मटिहानतिर जाँदै गरेको मधेस प्रदेश ०१ त ३००९ नम्बरको ट्याक्टरलाई ठक्कर दिएको थियो।
राइन ट्याक्टरमा पछाडि सवार थिए भने यादव साइकलमा। ट्याक्टरमा सवार पिपरा–५ का ६० वर्षीय झप्सी कवाडी गम्भीर घाइते छन्। उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ।
प्रकाशित मिति: सोमबार, फागुन २१, २०८० ११:००













