एकाएक किन भयो फेसबुक प्रयोगकर्ताको प्रोफाइल लगआउट? मंगलबार, फागुन २२, २०८०

‘सुसाइड नोट’ शालीनले नै लेखेको पुष्टि, के लेखेकी थिइन् आत्महत्याअघि? मंगलबार, फागुन २२, २०८० चितवनको रत्ननगर नगरपालिका १० स्थित एकता शिशु निकेतनको होस्टेलमा मृत भेटिएकी १४ वर्षीया शालीन पोखरेलको भनिएको ‘सुसाइड नोट’ उनैले लेखेको पुष्टि भएको छ।शालीनले आत्महत्याअघि लेखेको ‘सुसाइड नोट’ उनकै भएको पुष्टि नेपाल प्रहरीको फरेन्सिक ल्याबको परीक्षणबाट भएको हो। प्रहरी प्रधान कार्यालयस्थित स्रोतले फरेन्सिक ल्याबमा गरिएको परीक्षणबाट उक्त ‘सुसाइड नोट’ शालीनले...

पाथीभरामा चढाइएको १७८ तोला सुन लिलाम गरिँदै मंगलबार, फागुन २२, २०८० पाथीभरा क्षेत्र विकास समितिले १७८ तोला सुन र पाँच हजार तोला चाँदी बिक्री गर्न लागेको हो। २०७९ सालदेखि २०८० मङ्सिर १६ गतेसम्म पाथीभरामा चढाएका सुनका गरगहना सङ्कलनपछि प्रशोधन गरेर १७८ तोला ८२ लाल सुन निकालिएको र त्यसलाई लिलाम बिक्रीको प्रक्रियामा राखिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।

प्रेम सम्बन्धमा आएको विवादले मोरङमा १५ वर्षीया किशोरीको हत्या! मंगलबार, फागुन २२, २०८० मोरङको पथरीशनिश्चरे–७ लामाटोलमा सोमबार राति १५ वर्षीया किशोरीको हत्या भएको घटनाको प्रमुख कारण ‘प्रेम सम्बन्ध’ भएको खुलेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट ‘प्रेम सम्बन्ध’मा आएको विवादका कारण हत्या भएको खुलेको हो। पथरीशनिश्चरे–७ लामाटोलस्थित मामाघरमा बस्दै आएकी १५ वर्षीया ज्ञानमति थुलुङ राईको सोमबार राति १०:३० बजेतिर हत्या भएको थियो। शौचालय जान भनेर...

हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन अध्यक्षसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा मंगलबार, फागुन २२, २०८० हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन अध्यक्षसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाउँपालिकाका तत्कालीन अध्यक्ष धनलाल चौलागाईंसहित ८ जना विरुद्ध मंगलबार भ्रष्टाचार मुद्धा दायर गरेको हो।

मुग्लिन पोखरा सडक विस्तार: पूर्वी खण्डमा ५० र पश्चिम खण्डमा १७ प्रतिशत प्रगति मंगलबार, फागुन २२, २०८० आगामी वैशाख मसान्तसम्म दमौली बजारसम्म कालोपत्र गरिसक्ने लक्ष्य लिइएको छ। त्यसका लागि दमौली बजारमा सडक मापदण्डभित्रका घर भत्काउने काम जारी छ। दमौली बजारमा ७५ घरटहरा हटाइनेछ। अन्यत्र कामले गति लिए पनि दमौली बजारमा घर भत्काउन ढिलाइ हुँदा काम हुनसकेको थिएन। अहिले घरधनी स्वयम्ले घर भत्काउन सुरु गरिसकेकाले त्यसपछि दमौली खण्डमा...

पशुपतिनाथ मन्दिर क्षेत्रमा मासुजन्य पदार्थ र मदिरा बिक्रीमा रोक मंगलबार, फागुन २२, २०८० महाशिवरात्रि पर्वलाई लक्षित गरी पशुपतिनाथ मन्दिर क्षेत्रमा मासुजन्य पदार्थ एवं मदिरा बिक्रीमा रोक लगाइएको छ। यही फागुन २५ गते शुक्रबार परेको महाशिवरात्रि पर्वलाई मध्यनजर गरेर सो निर्णय गरिएको हो। महाशिवरात्रिका लागि यतिखेर पशुपति क्षेत्रमा साधुसन्तहरु आउने क्रम सुरु भइसकेको छ भने पाशुपत क्षेत्रको सजावटको काम पनि सुरु भएको पशुपति विकास...
सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ? मंगलबार, फागुन २२, २०८० नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ। लगातार बढ्दै गएको सुन आज प्रतितोला एक लाख २३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख २३ हजार रुपैयाँ कायम भएको छ। यो मूल्य अघिल्लो दिनकव तुलनामा २ हजार रुपैयाँले...

स्वास्थ्यकर्मीले पाएका छैनन् चार महिनादेखि तलब मंगलबार, फागुन २२, २०८० कैलालीको जानकी गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीले चार महिनादेखि तलबभत्ता नपाएको जनाउँदै गुनासो गरेका छन्। उनीहरुले चालु आर्थिक वर्षको असोजसम्मको मात्र तलबभत्ता पाएका थिए । तलबभत्ता रोकिएपछि दैनिक जनजीवन चलाउन मुस्किल हुन थालेको उनीहरूको भनाइ छ। ‘आएको तलबभत्ताबाटै घर खर्चदेखि बालबालिकाको विद्यालयको शुल्कलगायत आधारभूत खर्चको जोहो गर्नुपर्ने बाध्यता छ । त्यो भन्दा...

आजको मौसम: पहाडी क्षेत्रमा आंशिक बदली, केही ठाउँमा हिमपात हुने मंगलबार, फागुन २२, २०८० अहिले काठमाडौं उपत्यकासहित देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ । मंगलबार पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

संसद्मा दर्ता भएको सङ्घीय निजामती सेवा विधेयकमा के छ? सोमबार, फागुन २१, २०८० सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० संसद्मा दर्ता भएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार प्रतिनिधिसभामा उक्त विधेयक दर्ता गरेको हो। सङ्घीय निजामती सेवा सञ्चालनका लागि कर्मचारीको सेवा सर्त र सुविधासम्बन्धी कानुनलाई सङ्घीयताअनुरूप सञ्चालन गर्न आवश्यक रहेको भन्दै सरकारले यो...

रुखमा अडकिएका दुई प्याराग्लाइडर्सको उद्धार सोमबार, फागुन २१, २०८० उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित रमिते डाँडाबाट प्याराग्लाइडिङ गर्ने क्रममा सोमबार सालको रुखमा अडकिएका दुई जना प्याराग्लाइडर्सको सशस्त्र प्रहरीले उद्धार गरेको छ। कास्कीको पोखरा–१८ सराङकोटका २९ वर्षीय रवीन्द्र ढकाल (पाइलट) र उदयपुरको त्रियुगा–११ विशालनगरका २६ वर्षीय सिद्धान्त बस्नेत हावाको वेगले अनियन्त्रित भएर रुखमा अडकिएका थिए।

लेक लागेर मुस्ताङमा भारतीय पर्यटकको मृत्यु सोमबार, फागुन २१, २०८० उनलाई अस्पताल ल्याइपुर्याँउँदा चिकित्सकले मृत घोषणा गरेका थिए। पटेल साथी र आफन्तसँगै मुक्तिनाथ दर्शनका लागि आएका थिए। प्रहरी निरीक्षक मिलन विकको टोलीले उनको उद्धार गरी जोमसोम लगेको थियो। मुक्तिनाथ आसपासको क्षेत्रमा शनिबारदेखि हिउँ परेको छ। हिमपातसँगै चिसो बढेको छ। प्रतिकूल मौसमका कारण जनजीवन प्रभावित भएको छ।









