News Griha :: न्यूजगृह
रुखमा अडकिएका दुई प्याराग्लाइडर्सको उद्धार

उदयपुरउदयपुरको त्रियुगा नगरपालिका–११ स्थित रमिते डाँडाबाट प्याराग्लाइडिङ गर्ने क्रममा सोमबार सालको रुखमा अडकिएका दुई जना प्याराग्लाइडर्सको सशस्त्र प्रहरीले उद्धार गरेको छ।

कास्कीको पोखरा–१८ सराङकोटका २९ वर्षीय रवीन्द्र ढकाल (पाइलट) र उदयपुरको त्रियुगा–११ विशालनगरका २६ वर्षीय सिद्धान्त बस्नेत हावाको वेगले अनियन्त्रित भएर रुखमा अडकिएका थिए।

नवोदय सामुदायिक वन चप्पनको जङ्गलमा करिब सय फिट अग्लो रुखमा अडकिएका उनीहरूलाई सशस्त्र प्रहरीको नेपाल नं. ५ त्रियुगा गण उदयपुरबाट परिचालित टोलीले सकुशल उद्धार गरेको हो।

स्थानीय तथा अन्य सुरक्षा निकायको सहयोगमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिमप्राप्त फौजले रोप रेस्क्यु विधि अपनाई उनीहरूको उद्धार गरिएको प्रहरीले जनाएको छ।

apf-rescue-3-1709561006.jpg

apf-rescue-1-1709561005.jpg

apf-rescue-2-1709561005.jpg

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  १९:४९
Weather Update