वैदेशिक रोजगारीको प्रलोभनमा पारी ठगी गर्ने तीन पक्राउबिहीबार, फागुन २४, २०८०

साफ यू-१६ महिला च्याम्पियनसिप: भारतसँगको फराकिलो हारपछि फाइनल पुग्न असफल भयो नेपाल बिहीबार, फागुन २४, २०८० घरेलु मैदानमा भइरहेको साफ यू-१६ महिला च्याम्पियनसिपअन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपाल भारतसँग पराजित भएको छ। भारतसँग १०–० अन्तरको फराकिलो हार बेहोरेपछि नेपाल फाइनल पुग्न असफल भएको छ। बिहीबार ललितपुरको सातदोबाटोस्थित एन्फा भएको खेलको पहिलो हाफमै नेपालले ६ गोल खाइसकेको थियो। दोस्रो हाफमा भारतले ४ गोल थपेपछि समग्रमा नेपाल १०-०...

६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका बेल्जियन नागरिकलाई नागरिकता दिलाएको आरोपमा अधिकृत पक्राउ बिहीबार, फागुन २४, २०८० ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका दावा छिरिङलाई नक्कली नागरिकता दिलाएको आरोपमा प्रहरीले एक जना अधिकृतलाई पक्राउ गरेको छ।बागमती प्रदेश सभा सचिवालय हेटौँडामा कार्यरत छैटौँ तहका अधिकृत रामचन्द्र अर्याललाई बुधबार प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए। उनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ...
-1709712166.jpg)
मिटरब्याज पीडितले चाँडै न्याय पाउने बिहीबार, फागुन २४, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटरब्याज पीडितको सबै समस्या अबको केही समयभित्रै समाधान हुने बताएका छन्। बिहीबार प्रतिनिधि सभाको बैठकमा फागुन ६ देखि १८ गतेसम्मका अघिल्ला बैठकहरूमा सांसदहरुले सरकारको कामकारबाहीको सन्दर्भमा उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले नयाँ राजनीतिक समीकरणमा परिवर्तन र सरकारको पुनर्गठनबाटै धेरै प्रश्नहरूको जवाफ दिइसकेको बताए।

कानुन विपरीत सञ्चालित लघुवित्तमाथि छानबिन गरी कारबाही गरिन्छ: प्रधानमन्त्री बिहीबार, फागुन २४, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कानुन विपरीत सञ्चालनमा रहेका लघुवित्त वित्तीय संस्थाहरूलाई छानबिन गरी कारबाहीको दायरामा ल्याइने बताएका छन्। सांसदहरुले उठाएका प्रश्नको बिहीबार प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले प्रचलित कानुन तथा नेपाल राष्ट्र बैंकको निर्देशन विपरीत काम गर्ने लघुवित्त वित्तीय संस्थाहरूलाई छानबिन गरी कारबाहीको दायरामा ल्याइने बताए।
लगातार बढ्दैछ सुनको मूल्य, आज फेरि नयाँ रेकर्ड बिहीबार, फागुन २४, २०८० नेपाली बजारमा लगातार बढिरहेको सुनको मूल्यले दैनिक नयाँ रेकर्ड बनाइरहेको छ। आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख २५ हजार रुपैयाँ तोकिएको छ। अघिल्लो दिन प्रतितोला एक लाख २३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला एक हजार पाँच सय रुपैयाँले बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

काठमाडौंको सुरक्षा थप चुस्त पार्न ‘जीपीएस’सहितको ‘ई—क्यूआरटी’ परिचालित बिहीबार, फागुन २४, २०८० काठमाडौं उपत्यकामा थप शान्ति, सुरक्षा सुदृढ बनाउन, अपराध नियन्त्रण एवं न्यूनीकरणका लागि जीपीएस प्रणालीसहित इलेक्ट्रोनिक्स क्वीक रेस्पोन्स टिम (ई—क्यूआरटी’ परिचालन गर्न सुरुआत गरिएको छ।जिल्ला प्रहरी परिसर काठमाडौंले प्रहरी सेवा चुस्त एवं सेवालाई प्रविधिमैत्री बनाउनका लागि ‘सेफर भ्याली प्रोजेक्ट’ अवधारणाअन्तर्गत नागरिकका गुनासो तथा घटनाको ‘क्वीक रेस्पोन्स’ गर्न ई—क्यूआरटी परिचालन गरेको...
)
अमेरिकी कार्गो जहाजमा हुथी विद्रोहीको हमला, ३ को मृत्यु, एक नेपालीको अवस्था अज्ञात बिहीबार, फागुन २४, २०८० दक्षिणी यमनमा हुथी विद्रोहीले एक अमेरिकी कार्गो जहाजमा आक्रमण गर्दा चालक दलका तीन सदस्यको मृत्यु भएको छ ।जहाजका सुरक्षागार्ड मध्ये एक नेपालीको अवस्था अज्ञात छ।

१६ वर्ष मुनिको महिला फुटबलमा नेपाल र भारत भिड्दै बिहीबार, फागुन २४, २०८० राजधानीमा जारी साफ यू–१६ महिला फुटबल च्याम्पियनिसपको समूह चरणको अन्तिम खेलमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ। नेपाल र भारतबीचको खेल दिउँसो ३ बजे एन्फा मैदान सातदोबाटोमा सुरु हुनेछ।चार देश सहभागी यस प्रतियोगितामा बंगलादेश लगातार दुई जित निकाल्दै फाइनलमा प्रवेश गरिसकेको छ।
-1709777948.jpg)
सिटी र रियल मड्रिड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा बिहीबार, फागुन २४, २०८० इंग्लिस क्लब म्यानचेस्टर सिटीले युईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा स्थान बनाएको छ। सिटीले डेनमार्कको क्लब एफसी कोपनहेगनसँग दोस्रो लेगमा ३–१ गोल अन्तरले पराजित गरेको थियो। पहिलो लेगमा पनि ३–१ कै जित निकालेको सिटीले समग्रमा ६–२ को जित निकाल्न सफल भयो।मंगलबार राति सिटीले खेलको पाँचौं मिनेटमा अग्रता लिएको थियो। म्यानुएल अकांजीले...

लागूऔषधसहित चन्द्रागिरीबाट एक जना पक्राउ बिहीबार, फागुन २४, २०८० लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १५ ग्रामसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। बुधबार काठमाडौं चन्द्रागिरी नगरपालिका-२ स्थित नागढुंगामा प्रहरीले काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बसमा चेकजाँच गर्दा बसमा सवार झापाको बिर्तामोड नगरपालिका-८ घर भएका २४ वर्षीय सागर थापालाई लागूऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले...

जसपा कार्यकारिणी समिति बैठक आज पनि बिहीबार, फागुन २४, २०८० जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक आजलाई पनि बोलाइएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाललाई नयाँ गठबन्धन बनाउन सुरुवातमै साथ दिएका अध्यक्ष उपेन्द्र यादवले बुधबार मन्त्रिपरिषद् विस्तार गर्ने बेला भने मन्त्रीहरूको नामावली दिएनन्। बुधबारसम्म २० सदस्यीय मन्त्रिपरिषद् बन्दा जसपाले मन्त्रीहरू पठाएको छैन।

आज कुन देशको मुद्रा नेपालमा कतिमा कारोबार हुँदैछ? बिहीबार, फागुन २४, २०८० नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ २२ पैसा र बिक्री दर १३२ रुपैयाँ ८२ पैसा कायम भएको छ।यूरो एकको खरिद दर १४३ रुपैयाँ ७६ पैसा र बिक्री दर १४४ रुपैयाँ ४२ पैसा तोकिएको...









