News Griha :: न्यूजगृह
आज महाशिवरात्रि पर्वः पशुपतिनाथसहित देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो
आज महाशिवरात्रि पर्वः पशुपतिनाथसहित देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो आज महाशिवरात्रि पर्व देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना गरी मनाइँदै छ। महाशिवरात्रिमा भगवान् शिवको पूजाआराधना गरी मनाइन्छ। यसैक्रममा आज आराध्यदेव भगवान् पशुपतिनाथको दर्शनका लागि भक्तजनको गए रातिदेखि नै पशुपतिमा भीड लागेको छ। बिहान २ बजेदेखि अहिलेसम्म पशुपतिनाथमा करिब एक लाखभन्दा बढी भक्तजनले दर्शन गरेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण...
महिलामाथि हुने हिंसा अन्त्य गर्न प्रतिवद्ध बनौँ: सभापति देउवा
महिलामाथि हुने हिंसा अन्त्य गर्न प्रतिवद्ध बनौँ: सभापति देउवा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल महिलामाथि हुने हिंसाबाट मुक्त हुन नसकेकोप्रति चिन्ता व्यक्त गरेका छन् । ११४ औँ अन्तर्राष्ट्रिय नारी दिवसका सन्दर्भमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै सभापति देउवाले नेपाली महिलाहरू अहिले पनि शोषण, दमन र उत्पीडनबाट आक्रान्त रहेको बताए । ‘नेपाल अहिले पनि महिलामाथि हुने विभेद र हिंसा...
महिलाको हकहित र अधिकारका लागि सरकारले निरन्तर पहल गर्छ: प्रधानमन्त्री
महिलाको हकहित र अधिकारका लागि सरकारले निरन्तर पहल गर्छ: प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान संविधानले महिलाको अर्थपूर्ण प्रतिनिधित्व सुनिश्चित गरेको बताएका छन्। ११४ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सन्देशमार्फत् प्रधानमन्त्री दाहालले संविधानले दिएको अधिकारकै कारण महिला राष्ट्रपति, उपराष्ट्रपतिदेखि स्थानीय तहसम्म महत्वपूर्ण प्रतिनिधित्व गर्न सफल भएको बताए।
आज ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइदै
आज ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइदै आज ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस । विश्वभर विविध कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष मार्च ८ मा यो दिवस मनाउने गरिन्छ। नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने गरिएको छ। 
क्यानडामा छुरा प्रहारबाट ६ जनाको हत्या
क्यानडामा छुरा प्रहारबाट ६ जनाको हत्या क्यानडामा छुरी प्रहार हुँदा ६ जनाको मृत्यु भएको छ। राजधानी ओटावामा भएको घटनामा श्रीलङ्काका एक १९ वर्षीय विद्यार्थीले आफ्ना ६ जना रुममेटलाई छुरा प्रहार गरी हत्या गरेको क्यानडा प्रहरीले जनाएको छ। मृत्यु हुनेमा चार बालबालिका श्रीलंकन रहेका छन्। हत्या गर्ने १९ वर्षीय विद्यार्थीलाई भने नियन्त्रणमा लिइएको छ ।
आज पशुपति क्षेत्रमा हुने चापलाई मिलाउन यसरी हुँदैछ सवारी ‘डाइभर्सन’
आज पशुपति क्षेत्रमा हुने चापलाई मिलाउन यसरी हुँदैछ सवारी ‘डाइभर्सन’ महाशिवरात्री पर्वको अवसरमा पशुपति क्षेत्रमा हुने भक्तजनको घुइँचोलाई लक्षित गर्दै प्रहरीले सवारी डाइभर्सन गरेको छ । प्रहरीले महाशिवरात्रीलाई लक्षित गरी ५१३ जना ट्राफिक प्रहरी त्यस क्षेत्रमा खटाएको छ । 
आज सेना दिवस, नेपाली सेनाले २६१ औँ वार्षिकोत्सव मनाउँदै
आज सेना दिवस, नेपाली सेनाले २६१ औँ वार्षिकोत्सव मनाउँदै नेपाली सेनाले आज २६१ औँ वार्षिकोत्सव मनाउँदै छ। विविध सैनिक कला, सांस्कृतिक एवम् सांगीतिक प्रस्तुतिका साथ सेनाले देशभर दिवस मनाउँदै छ। काठमाडौंस्थित सैनिक मञ्च टुँडिखेलमा सेनाले गर्ने कार्यक्रममा राष्ट्रपति एवम् सेनाका परमाधिपति रामचन्द्र पौडेलसहित विशिष्ट व्यक्तिहरू कार्यक्रममा सहभागी हुँदैछन् । 
आज महाशिवरात्रि, पशुपति क्षेत्रमा भक्तजनको घुइँचो
आज महाशिवरात्रि, पशुपति क्षेत्रमा भक्तजनको घुइँचो आज महाशिवरात्रि पर्व, पशुपति क्षेत्रमा भक्तजनको विशेष घुइँचो लागेको छ। हरेक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्वमा भगवान् शिवको पूजा-आराधना गरी देशभर मनाइदैछ।
आज देशभरको मौसम सफा रहने
आज देशभरको मौसम सफा रहने आज देशभरको मौसम सफा रहनेअहिले नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।दिउँसोको समयमा भने कोशी, बागमती र  गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना ...
पाशुपत क्षेत्रमा चार हजार सुरक्षाकर्मी परिचालन, ड्रोनबाट निगरानी 
पाशुपत क्षेत्रमा चार हजार सुरक्षाकर्मी परिचालन, ड्रोनबाट निगरानी  पाशुपत क्षेत्रमा महाशिवरात्रि मेलाका लागि चार हजार ९४ सुरक्षाकर्मी परिचालन गरिएको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालयले महाशिवरात्रिका लागि एकीकृत विशेष सुरक्षा योजना बनाइ आजैदेखि लागू गरेको हो।कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले तीन चरणमा परिचालन हुने गरी ड्रोनसहित सुरक्षाकर्मी परिचालन गर्ने निर्णय भएको जानकारी दिए। उनीहरु आज राति...
शिवरात्रिमा पशुपति जाँदै हुनुहुन्छ?, यी स्थानमा गर्न सकिन्छ पार्किङ 
शिवरात्रिमा पशुपति जाँदै हुनुहुन्छ?, यी स्थानमा गर्न सकिन्छ पार्किङ  गौशाला क्षेत्रमा शिवरात्रिमा दिन शुक्रबार गरिने सवारी व्यवस्थापनमा थप सहयोगी भूमिका निर्वाह गर्न काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले सबैलाई आग्रहसमेत गरेका छन्। उनका अनुसार महाशिवरात्रि मेलाको ट्राफिक व्यवस्थापन गर्नको लागि ५१३ जना ट्राफिक प्रहरी खटाइएको छ। प्वाइन्ट ड्युटी, पार्किङ ड्युटी, डाइभर्सन ड्युटी लगायतमा...
यी चार प्रदेशमा राति हिउँ पर्ने सम्भावना 
यी चार प्रदेशमा राति हिउँ पर्ने सम्भावना  नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव जारी छ। जसका कारण आज राति कोशी, गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी भेगमा मौसम आंशिकदेखि साधारणतया बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
Weather Update