News Griha :: न्यूजगृह
आज महाशिवरात्रि, पशुपति क्षेत्रमा भक्तजनको घुइँचो

काठमाडौं— आज महाशिवरात्रि पर्व, पशुपति क्षेत्रमा भक्तजनको विशेष घुइँचो लागेको छ। हरेक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्वमा भगवान् शिवको पूजा-आराधना गरी देशभर मनाइदैछ।

आज पशुपतिनाथसहित देशभरका शिव मन्दिरमा पनि बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । पशुपति क्षेत्रमा साधुसन्त एवम् भक्तजनहरुको भीड लागेको छ । पशुपति परिसर एवम् बाग्मती किनारामा गएरातिदेखि नै दर्शनार्थी एवम् भक्तजनको घुइँचो छ । बिहान २ बजेदेखि नै पशुपतिका चार ढोका खोलिएको पशुपति विकास कोषले जनाएको छ । 

Pasupatinath-1709862927.png
पशुपतिमा शिवरात्रिमा भारतबाट समेत साधुसन्त र तीर्थयात्री आउने गरेका छन् । यस वर्षको महाशिरात्रीमा कम्तिमा २० लाख जना भक्तजनले पशुपतिको दर्शन गर्ने कोषको अनुमान छ । 

पर्वलाई लक्षित गरी कोषले पशुपति क्षेत्रमा गाँजा, भाङ, जाँड-रक्सी तथा मासु पूणर्रूपमा निषेध गरेको छ । आज पशुपति क्षेत्रका लागि प्रहरीले विशेष सुरक्षा योजना बनाएर लागू गरेको छ भने पर्वकै लागि पशुपति क्षेत्र विकास कोषले करिब छ सय जना स्वयम्सेवक परिचालन गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८०  ०६:५१
Weather Update