News Griha :: न्यूजगृह
गृहमन्त्री लामिछानेले गरे प्रहरी प्रधान कार्यालयको निरीक्षण
गृहमन्त्री लामिछानेले गरे प्रहरी प्रधान कार्यालयको निरीक्षण आइतबार गृहमन्त्री लामिछानेले प्रहरी प्रधान कार्यालयस्थित सङ्ग्रहालयको निरीक्षण गर्दै त्यसको गतिविधिबारे जानकारी लिए । संगठनको निर्माण र उच्च छवि बनाउन योगदान दिने सम्पूर्ण पूर्व प्रहरी अधिकृतहरू र बहालवाला प्रहरी अधिकृत तथा जवानहरूलाई धन्यवाद दिँदै उनले उनीहरूको वृत्तिविकासको सुनिश्चितता सङ्गठनले गर्नुपर्ने उल्लेख गरे। 
प्रधानमन्त्री भन्छन्: एनसीसी मित्रराष्ट्रका सैन्यबलसँग द्विपक्षीय सम्बन्ध अभिवृद्धि गर्ने अवसर
प्रधानमन्त्री भन्छन्: एनसीसी मित्रराष्ट्रका सैन्यबलसँग द्विपक्षीय सम्बन्ध अभिवृद्धि गर्ने अवसर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  ‘नेसनल क्याडेट कर्प्स’ (एनसीसी) कार्यक्रमले नेपाली सेनालाई मित्रराष्ट्रको सैन्यबलसँग द्विपक्षीय सम्बन्ध अभिवृद्धि गर्ने महत्त्वपूर्ण अवसर प्रदान गरेको बताएका छन्।
कर्णालीमा रासायनिक विषादी मुक्त सप्ताह
कर्णालीमा रासायनिक विषादी मुक्त सप्ताह कर्णाली प्रदेश सरकारले रासायनिक विषादीमुक्त सप्ताह आरम्भ गरेको छ। विषादीको प्रयोग बढ्दै गएको भन्दै त्यसलाई घटाउन एक हप्तासम्म विषादीसम्बन्धी जनचेतनामूलक कार्यक्रम गर्दै सप्ताह सुरु गरेको हो। सप्ताहको सुरुआत गर्दै प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले वातावरणलाई स्वच्छ राख्नुपर्ने उल्लेख गर्दै प्रदेश सरकार योजना बनाएर कार्यान्वयन गर्न अग्रसर भएको...
जुलाईदेखि मलेसियाले आप्रवासी श्रमिक नलिने, नेपाली प्रभावित हुनसक्ने
जुलाईदेखि मलेसियाले आप्रवासी श्रमिक नलिने, नेपाली प्रभावित हुनसक्ने मलेसिया सरकारले आगामी जुलाईदेखि आप्रवासी श्रमिकलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको छ।श्रम बजारमा आप्रवासी श्रमिकको संख्या बढी भएको भन्दै मलेसियन सरकारले मे मसान्तसम्म आप्रवासी श्रमिकलाई प्रवेश दिने र त्यसपछि रोक लगाउने घोषणा गरेको हो। मलेसियाको गृह मन्त्रालयले मे मसान्तपछि आप्रवासी कामदारलाई प्रवेश नदिने भन्दै त्योभन्दा अगावै आवश्यक श्रमिक भित्राउन...
चेक रिपब्लिककी क्रिस्टिनालाई ‘मिस वर्ल्ड २०२४’को उपाधि
चेक रिपब्लिककी क्रिस्टिनालाई ‘मिस वर्ल्ड २०२४’को उपाधि ७१ औं संस्करणको ‘मिस वर्ल्ड २०२४’को उपाधि चेक रिपब्लिककी क्रिस्टिना पिजकोवाले जितेकी छन्। शनिबार साँझ भारतको मुम्बईस्थित जियो वर्ल्ड कन्वेन्सन सेन्टरमा सम्पन्न प्रतियोगितामा पिजकोवाले उपाधि जितेकी हुन्।क्रिस्टिनालाई ‘मिस वर्ल्ड २०२३’ पोल्याण्डकी करोलिना विलावस्काले ताज पहिराइदिइन्। प्रतियोगितामा लेबनानकी यास्मिना फस्ट रनअप भइन्।
राष्ट्रिय सभाको बैठक आज, अध्यक्षको निर्वाचन समय तोक्ने 
राष्ट्रिय सभाको बैठक आज, अध्यक्षको निर्वाचन समय तोक्ने  राष्ट्रिय सभाको बैठक आज बस्दैछ। बैठकले फागुन २९ गते हुने राष्ट्रिय सभा अध्यक्षको निर्वाचनको दिन र समय निर्धारण गर्ने छ। बैठक दिउँसो १ बजे संघीय संसद् भवन नयाँबानेश्वरमा बोलाइएको छ। 
मिथिला माध्यमिक परिक्रमा आजदेखि 
मिथिला माध्यमिक परिक्रमा आजदेखि  १५ दिवसीय ऐतिहासिक मिथिला माध्यमिक परिक्रमा आजदेखि धनुषाको कौचरीबाट विधिवत सुरुआत भएको छ। नेपाल र भारतका हजारौँ सङ्ख्याका श्रद्धालु भक्तजनहरुको सहभागीता हुने सो परिक्रमा विभिन्न १५ स्थानमा विश्राम गरी एक सय ३३ किलोमिटर पैदलयात्रा गरिन्छ।
आर्सनल प्रिमियर लिगको शीर्ष स्थानमा
आर्सनल प्रिमियर लिगको शीर्ष स्थानमा इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल शीर्ष स्थानमा उक्लिएको छ। शनिबार राति भएको खेलमा खेलमा ब्रेन्टफोर्डमाथि २-१ गोल अन्तरको जित निकाल्दै आर्सनल लिभरपुललाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो। 
केही ठाउँमा हिमपातको सम्भावना रहेपनि देशभरको मौसम सफा रहने
केही ठाउँमा हिमपातको सम्भावना रहेपनि देशभरको मौसम सफा रहने आज काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रमा आंशिक बदली रहेपनि बाँकी भूभागमा मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार हाल हाल  नेपालमा  पश्चिमी  न्यून  चापीय  प्रणालीको  आंशिक  प्रभाव  छ। जसका कारण देशका  पहाडी  भू-भागमा  आंशिक  बदली  रही  बाँकी  भू-भागको  मौसम  मुख्यतया  सफा  रहेको  छ।
भारतले जित्यो इङ्ल्याण्डविरुद्धको टेस्ट शृंखला
भारतले जित्यो इङ्ल्याण्डविरुद्धको टेस्ट शृंखला भारतका गीलले ११०, शर्माले १०३ रनको शतकीय पारि खेले। यसैगरी जैसवालले ५७ रन बनाउँदा पडिकलले ६५ तथा खानले ५६ रन बनाए। इङ्ग्ल्याण्डका सोएब बसिरले सर्वाधिक पाँच विकेट लिए। जितसँगै भारत आईसीसी टेस्ट च्याम्पियनसिपको तालिकामा शीर्ष स्थानमा उक्लिएको छ। भारतले ३ सिरिजका ९ म्याच खेल्दा ६ मा जित र २ मा...
कुटपिट गरी श्रीमानको हत्या गरेको आरोपमा श्रीमती पक्राउ
कुटपिट गरी श्रीमानको हत्या गरेको आरोपमा श्रीमती पक्राउ काभ्रेमा कुटपिट गरी श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले श्रीमतीलाई पक्राउ गरेको छ। शनिबार बिहान साढे ९ बजे नमोबुद्ध नगरपालिका वडा नम्बर ५ कानपुरमा श्रीमतीको कुटपिटबाट श्रीमानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए।
कालीकोटमा करेन्ट लागेर दुई जनाको मृत्यु
कालीकोटमा करेन्ट लागेर दुई जनाको मृत्यु कालीकोटमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ। नरहरिनाथ गाउँपालिका–८ मा करेन्ट लागेर शनिबार बिहान लालुका गाउँका ४३ वर्षीय केशवराज थापा र उनका २७ वर्षीय भतिज गङ्गा थापाको मृत्यु भएको हो।
Weather Update