News Griha :: न्यूजगृह
गृहमन्त्री लामिछानेले गरे प्रहरी प्रधान कार्यालयको निरीक्षण

काठमाडौं— उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले आइतबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण गरेका छन्।

आइतबार गृहमन्त्री लामिछानेले प्रहरी प्रधान कार्यालयस्थित सङ्ग्रहालयको निरीक्षण गर्दै त्यसको गतिविधिबारे जानकारी लिए । संगठनको निर्माण र उच्च छवि बनाउन योगदान दिने सम्पूर्ण पूर्व प्रहरी अधिकृतहरू र बहालवाला प्रहरी अधिकृत तथा जवानहरूलाई धन्यवाद दिँदै उनले उनीहरूको वृत्तिविकासको सुनिश्चितता सङ्गठनले गर्नुपर्ने उल्लेख गरे। 

उनले भने, ‘कर्मचारीहरूको सरुवा, बढुवा तथा वृत्तिविकासका लागि आवश्यक पर्ने नीति र योजना बनाएर ल्याउनुहोस। त्यसको कार्यान्वयनको लागि के कसरी गर्नुपर्ने हो सहजीकरण गर्न तयार छु।’

प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  १४:५९
Weather Update