News Griha :: न्यूजगृह
अस्ताए ललितपुरमा सर्वाधिक रुचाइएका पूर्ववडाध्यक्ष व्यञ्जनकार
अस्ताए ललितपुरमा सर्वाधिक रुचाइएका पूर्ववडाध्यक्ष व्यञ्जनकार लललितपुर महानगरपालिका– १० का पूर्ववडाध्यक्ष नरसिंह व्यञ्जनकारको निधन भएको छ।  उपचारका क्रममा काठमाडौंको नर्भिक अस्पतालमा ८१ वर्षीय व्यञ्जनकारको आइतबार निधन भएको ललितपुर महानगरले जनाएको छ। 
हतकडीसहित भागेका थुनुवा पक्रन गएका प्रहरी जवानको भीरबाट लडेर मृत्यु 
हतकडीसहित भागेका थुनुवा पक्रन गएका प्रहरी जवानको भीरबाट लडेर मृत्यु  जिल्ला प्रहरी कार्यालयका अनुसार प्रहरी जवान सुबान चौधरीको मृत्यु भएको हो। हिरासतमा रहेका महाकाली नगरपालिका– १ का २३ वर्षीय उमेश कुँवरलाई अस्पताल लैजाने क्रममा हतकडी सहित भागेका थिए। उनलाई पक्राउ गर्न दौडिएका प्रहरी जवान चौधरीको लडेर टाउकोमा गम्भीर चोट लागेको र अस्पताल लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी...
साढे ४ करोड लागतमा ललितपुर महानगरले लिफ्टसहितको आकाशे पुल निर्माण गर्ने, चिरीबाबुले गरे शिलान्यास
साढे ४ करोड लागतमा ललितपुर महानगरले लिफ्टसहितको आकाशे पुल निर्माण गर्ने, चिरीबाबुले गरे शिलान्यास ललितपुर महानगरपालिका चक्रपथ सडकमा लिफ्टसहितको अपाङ्गतामैत्री आकाशे पुल निर्माण हुने भएको छ । महानगर प्रमुख चिरीबाबु महर्जनले एक वर्षमा निर्माण सम्पन्न गर्ने गरी उक्त अपाङ्गमैत्री आकाशे पुल निर्माणकार्यको सोमबार शिलान्यास गरे। सडक विभागले महानगरलाई पुल निर्माणका लागि गत भदौमा सहमति दिएको थियो। आठ मिटरभन्दा ठूला सडकको क्षेत्राधिकार स्थानीय तहसँग नभएपनि...
कुटपिटबाट युवकको मृत्यु, ५ जना पक्राउ
कुटपिटबाट युवकको मृत्यु, ५ जना पक्राउ धनगढीमा एक जना युवकको कुटपिटबाट मृत्यु भएको छ।धनगढी उपमहानगरपालिका– ८ को धनगढी गाउँमा सोमबार राति ३५ वर्षीय महेश रानाको छिमेकीको कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उपेन्द्र बमका अनुसार राना राति स्थानीय मीनबहादुर चौधरीको घरमा प्रवेश गरेका बेला उनीमाथि कुटपिट भएको थियो। 
जनप्रतिनिधिका छोराछोरीलाई सामुदायिक विद्यालयमै पढाउन पालिकाको निर्देशन
जनप्रतिनिधिका छोराछोरीलाई सामुदायिक विद्यालयमै पढाउन पालिकाको निर्देशन गुल्मीको मुसिकोट नगरपालिकाले आगामी शैक्षिक सत्रदेखि सरकारी कर्मचारी र जनप्रतिनिधिका बालबालिकालाई अनिवार्यरुपमा सरकारी विद्यालयमा पढाउन निर्देशन दिएको छ। नगरपालिकाले सार्वजनिक सूचना जारी गरी नयाँ शैक्षिक सत्रदेखि अनिवार्यरुपमा सरकारी विद्यालयमा पढाउनुपर्ने निर्णय गरेको हो। नगरपालिकाकाभित्र सरकारी सेवा सुविधा लिने जनप्रतिनिधि, शिक्षक र कर्मचारीले आफ्ना बालबालिकालाई संस्थागत विद्यालयमा पढाउने गरेको भन्ने जनगुनासो...
झापा गोल्डकपको उपाधि भिडन्त आज
झापा गोल्डकपको उपाधि भिडन्त आज छैटौँ संस्करणको झापा गोल्डकपको उपाधिका लागि आज गोल्डकपमा पहिलो पटक सहभागिता जनाएको चर्च ब्वाइज युनाइटेड र विभागीय टोली एपीएफ क्लबबीच प्रतिस्पर्धा हुने भएको छ।खेल सोमबार अपरान्ह ३ बजे बिर्तामोडस्थित डोमालाल राजबंशी रंगशालामा हुँदैछ। शनिबार भएको दोस्रो सेमिफाइनलमा चर्च ब्वाइजले आयोजक झापा–११ लाई टाइब्रेकरमा ४–३ गोल अन्तरले हराउँदै फाइनलमा प्रवेश...
भावी पुस्ताका लागि हाम्रा सांस्कृतिक धरोहरको रक्षा गर्नुपर्छ: देउवा
भावी पुस्ताका लागि हाम्रा सांस्कृतिक धरोहरको रक्षा गर्नुपर्छ: देउवा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भावी पुस्ताका लागि हाम्रा सांस्कृतिक धरोहरको रक्षा गर्नुपर्ने बताएका छन्। ग्याल्पो ल्होसारको अवसरमा शुभकामना व्यक्त गर्दै देउवाले लोकतन्त्रमा मात्र सबै जात–जाति, भाषा–भाषी तथा धर्म र संस्कृतिले समान अवसर पाउने बताए। 
ग्याल्पो ल्होसारमा प्रधानमन्त्रीको सन्देश: शासन व्यवस्थाको सुदृढीकरण नै अहिलेको राष्ट्रिय कार्यभार
ग्याल्पो ल्होसारमा प्रधानमन्त्रीको सन्देश: शासन व्यवस्थाको सुदृढीकरण नै अहिलेको राष्ट्रिय कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहालले व्यवस्थाको सुदृढीकरण र आन्तरिक राष्ट्रिय एकता सुदृढ गर्दै राष्ट्रिय स्वाधीनता, सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्य हासिल गर्नु अहिलेको राष्ट्रिय कार्यभार भएको बताएका छन्। ग्याल्पो ल्होसारको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री दाहालले लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्म निरपेक्षता र सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थाको सुदृढीकरण अहिलेको...
आज शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउँदै
आज शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउँदै आज शेर्पा समुदायको महत्वपूर्ण सांस्कृतिक पर्व ग्याल्पो ल्होसार। देश र विदेशमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ। हरेक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउने गर्दछन्। यो शेर्पा समुदायको नयाँ वर्ष हो। मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२...
आज कर्णाली र सुदूरपश्चिम प्रदेशका केही जिल्लामा पानी पर्ने सम्भावना
आज कर्णाली र सुदूरपश्चिम प्रदेशका केही जिल्लामा पानी पर्ने सम्भावना आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशसहित  देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
शौचालय निर्माणमा भ्रष्टाचार, १२ जनाविरुद्ध मुद्दा
शौचालय निर्माणमा भ्रष्टाचार, १२ जनाविरुद्ध मुद्दा शौचालय निर्माण गराउँदा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दोलखाको तामाकोसी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रसहित १२ जनाविरुद्ध मुद्दा दायर गरेको छ।१२ लाख ८९ हजार ३ सय २० रुपैयाँ अनियमितता गरेको ठहर गर्दै आयोगले आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो। मुद्दामा प्रतिवादी बनाइएकामा तामाकोसी...
प्रहरीलाई गृहमन्त्रीको निर्देशन— अभियुक्तको अनुहार र पार्टी होइन, प्रमाण हेर्नुहोस्
प्रहरीलाई गृहमन्त्रीको निर्देशन— अभियुक्तको अनुहार र पार्टी होइन, प्रमाण हेर्नुहोस् उपप्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री रवि लामिछानेले प्रहरी सङ्गठनलाई राजनीति हस्तक्षेपबाट मुक्त गराउँदै सरुवा, बढुवा लागि शक्तिकेन्द्र धाउनुपर्ने विद्यमान अवस्थाको अन्त्य गर्ने बताएका छन्। प्रहरी प्रधान कार्यालयको निरीक्षणको क्रममा उनले आफ्नो शक्ति नेतालाई नसुम्पिन प्रहरी कर्मचारीलाई निर्देशन दिए।
Weather Update