ग्याल्पो ल्होसारमा प्रधानमन्त्रीको सन्देश: शासन व्यवस्थाको सुदृढीकरण नै अहिलेको राष्ट्रिय कार्यभार

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहालले व्यवस्थाको सुदृढीकरण र आन्तरिक राष्ट्रिय एकता सुदृढ गर्दै राष्ट्रिय स्वाधीनता, सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्य हासिल गर्नु अहिलेको राष्ट्रिय कार्यभार भएको बताएका छन्।
ग्याल्पो ल्होसारको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री दाहालले लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्म निरपेक्षता र सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थाको सुदृढीकरण अहिलेको प्रमुख कार्यभार भएको बताए। ग्याल्पो ल्होसार पर्वलाई शेर्पा समुदायले नयाँ वर्षकारुपमा मनाउने गर्दछन्।
प्राचीन उत्पादन पद्धतिमा आधारित मौलिक एवं ऐतिहासिक पर्व ग्याल्पो ल्होसार भएको भन्दै प्रधानमन्त्री दाहालले ल्होसारले सबैमा आन्तरिक राष्ट्रियता, आपसी सद्भाव, सहिष्णुता, सहकार्य र एकता थप सुदृढ गर्ने विश्वास व्यक्त गरेका छन्।
प्रकाशित मिति: सोमबार, फागुन २८, २०८० ०७:४६













