News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
आज शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउँदै
Prabhu Bank

काठमाडौं— आज शेर्पा समुदायको महत्वपूर्ण सांस्कृतिक पर्व ग्याल्पो ल्होसार। देश र विदेशमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ। 

हरेक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउने गर्दछन्। यो शेर्पा समुदायको नयाँ वर्ष हो।
 
मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ। फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउने गर्दछन्।
 
ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन थालिएको हो। 

विगतमा हिमाली जिल्लामा मात्रै मनाइने यो पर्व अहिले देशैभरि फैलिएको छ। शेर्पा समुदायको उपस्थिति भएका सबैजसो जिल्लामा धुमधामका साथ यो पर्व मनाउने गरिएको छ।
 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  ०७:३५
Weather Update