सिरहामा महिलाको हत्या, श्रीमान् घाइतेशनिबार, फागुन २६, २०८०

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा सुनसरीमा काकाभतिजको मृत्यु शनिबार, फागुन २६, २०८० सुनसरीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा काकाभतिजको मृत्यु भएको छ।शुक्रबार साँझ इटहरीस्थित खनार चोकमा ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार मोरङको बेलबारीका २३ वर्षीय विपिन दाहाल र उनका ८ वर्षीय भतिज अभिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

कास्की केन्द्रबिन्दु भएर गयो भूकम्प शनिबार, फागुन २६, २०८० राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७:३० बजे ४.० रेक्टर स्केलको भूकम्प गएको हो। भूकम्पको धक्का आसपासका जिल्लामा पनि महसुस गरिएको थियो।

विदेशी मुद्राको नेपाली विनिमयदर कति? शनिबार, फागुन २६, २०८० नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको नेपाली विनिमयदर तोकेको छ। जसअनुसार अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ १६ पैसा र बिक्रीदर १३२ रूपैया ७६ पैसा कायम भएको छ।यूरोपियन यूरो एकको खरिददर मूल्य १४४ रूपैयाँ ५० पैसा र बिक्रीदर १४५ रूपैयाँ १६ पैसा छ।यूके पाउण्ड स्टलिङ एकको खरिददर १६९ रूपैयाँ ५५...

केही उच्च पहाडी जिल्लामा हिमपातको सम्भावना, देशभरको मौसम सफा रहने शनिबार, फागुन २६, २०८० केही उच्च पहाडी जिल्लामा हिमपातको सम्भावना, देशभरको मौसम सफा रहने
चार पटकको उपाधि विजेता आर्मीलाई हराउँदै एपीएफ झापा गोल्डकपको फाइनलमा शुक्रबार, फागुन २५, २०८० पहिलो हाफमा दुवै टोलीले रक्षात्मक खेल खेलेका थिए। खेलको ४२औं मिनेटमा फोफोनाले दिएको क्रस पासमा एपीएफका अनिश महर्जनले गोल गर्न सकेनन्। खेलको ४७औँ मिनेटमा सर्ज सोङले पेनाल्टी एरियाबाट गरेको प्रहार बारको नजिकबाट बाहिरियो। खेलको ६९औँ मिनेटमा बुद्धिमान राईले पेनाल्टी क्षेत्रबाट गरेको प्रहार फितलो भयो।

आगलागीमा परी पाँच वर्षीय बालकको मृत्यु शुक्रबार, फागुन २५, २०८० स्थानीय ऋषिराम थापामगरको घरमा कोही नभएका बेला गोठमा उनका नातिले पराल, काठ दाउरा रहेको स्थानमा लाइटर खेलाउँदा आगलागी भएको हो। उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले बताए।

लुक्ला उडेको एअर डाइनेस्टीको हेलिकप्टरमा चरा ठोक्कियो शुक्रबार, फागुन २५, २०८० शुक्रबार बिहान काठमाडौंबाट लुक्ला उडेको एअर डाइनेस्टीको हेलिकप्टरमा चरा ठोक्किएको छ। ७ नटिकल माइल उडेको ‘९एन–एएनए’ कलसाइनको उक्त हेलिकप्टरमा चरा ठोक्किए पनि सकुशल काठमाडौं फर्काएर अवतरण गरिएको थियो।
![२ हजार ६ सय ७४ शहीदको सूची राजपत्रमा प्रकाशित [सूचीसहित]](https://newsgriha.com/uploads/posts/520X390/pm-office-council1683884704.jpg)
२ हजार ६ सय ७४ शहीदको सूची राजपत्रमा प्रकाशित [सूचीसहित] शुक्रबार, फागुन २५, २०८० राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि भएका विभिन्न आन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिमा सहादत प्राप्त गरेका दुई हजार छ सय ७४ जनालाई शहीद घोषणा गरेको हो। गत पुष २४ गतेको मन्त्रिपरिषद्को निर्णय बमोजिम शहीद घोषणा गरी राजपत्रमा सूचना समेत प्रकाशन गरिएको छ।

राष्ट्रपतिद्वारा पशुपतिनाथमा पूजा अर्चना, चार लाख बढी भक्तजन पुगे पशुपति शुक्रबार, फागुन २५, २०८० पूजा अर्चनापछि प्रसाद ग्रहण गर्दै राष्ट्रपति पौडेलसतिको टोली फर्किएको हो। महाशिवरात्रिका अवसरमा आज चार लाख बढी भक्तजनले पशुपतिनाथको दर्शन एवं पूजाअर्चना गरेका छन्।महाशिवरात्रिको अवसरमा राष्ट्रपतिले प्रत्येक वर्ष पशुपतिनाथ मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने परम्परा रहिआएको छ । पशुपतिनाथ मन्दिरमा अहिले पनि हजारौँको सङ्ख्यामा भक्तजन लामबद्ध भएर दर्शन गर्ने क्रम...

पर्सामा गाडिएको अवस्थामा बालकको शव फेला, बुवाआमा पक्राउ शुक्रबार, फागुन २५, २०८० सिर्सिया नदी छेउको मसानघाटमा बालकको शव गाडिएको सूचनाका आधारमा प्रहरी टोली त्या परिचालित भएको थियो। प्रहरी टोलीले उत्खनन् गरेर हेर्दा वीरगञ्ज महानगरपालिका–१२ मुर्ली घर भएका शम्भु महतो धानुकका छोरा दिलीप मण्डलको शव भेटिएको थियो।

सिन्धुलीमा जीप दुर्घटना, १२ जना घाइते शुक्रबार, फागुन २५, २०८० घाइतेहरूको बर्दिबासस्थित जनसेवा अस्पताल र भिमानस्थित आरएनके पोलिक्लिनिकमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका इन्स्पेक्टर केशवकुमार कटुवालले जानकारी दिए। शुक्रबार लङ्गुरखोला महादेव मन्दिर दर्शनका लागि यात्रु लिएर जाँदै गरेको जीपआफैँ अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ।

सेनाले मनायो २६१ औं स्थापना दिवस शुक्रबार, फागुन २५, २०८० नेपाली सेनासँगै भारत, बेलायत र संयुक्त राज्य अमेरिकाका सेनाको सांगीतिक प्रस्तुति गरिएको छ। जंगीअड्डा मातहत पृतना, बाहिनी, गण र गुल्ममा पनि विभिन्न कार्यक्रम आयोजना गरिएको थियो। सेनाको सांगठनिक स्वरूपको १८१९ सालदेखि सुरुआत भएको हो। संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनार्थ नेपाली सेनाले प्रदान गरेको अतुलनीय योगदानको राष्ट्रिय...









