लुक्ला उडेको एअर डाइनेस्टीको हेलिकप्टरमा चरा ठोक्कियो

काठमाडौं— शुक्रबार बिहान काठमाडौंबाट लुक्ला उडेको एअर डाइनेस्टीको हेलिकप्टरमा चरा ठोक्किएको छ।
७ नटिकल माइल उडेको ‘९एन–एएनए’ कलसाइनको उक्त हेलिकप्टरमा चरा ठोक्किए पनि सकुशल काठमाडौं फर्काएर अवतरण गरिएको थियो।
चरा ठोक्किएपछि हेलिकप्टर तत्काल त्रिभुवन विमानस्थल फर्किएको थियो। हेलिकप्टर चालक तथा यात्रु सुरक्षित रहेको विमानस्थल प्रवक्ता सुवास झाले जानकारी दिए।
उनका अनुसार बिहान सवा १० बजे हेलिकप्टरमा चरा ठोक्किएको हो। यो हेलिकप्टर ५ सिट क्षमताको हो। काठमाडौंबाट पूर्वतर्फ उड्दाउड्दै चरा ठोक्किएको थियो।
प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८० १९:३४













