News Griha :: न्यूजगृह
सिरहामा महिलाको हत्या, श्रीमान् घाइते

काठमाडौं— सिरहाको गोलबजारमा एक जना महिलाको हत्या भएको छ। गोलबजार नगरपालिका ६ का महेन्द्रकुमार साहकी श्रीमती ३५ वर्षीय अनिताकुमारीको शुक्रबार राति हत्या भएको एसपी सन्तोष आचार्यले बताए।

उनका अनुसार मृतकको अनुहारमा ढुङ्गाले हिर्काएको चोट देखिएको छ। सुत्ने खाट नजिकै अनिताको शव फेला परेको हो। मृतक अनिताका पतिसमेत घाइते छन्। उनको उपचार भइरहेको प्रहरीले जनाएको छ। साह दम्पती गत एक वर्षदेखि स्थानीय सिकिन्द्र साहको घर भाडामा लिएर होटल सञ्चालन गर्दै आएका थिए।

शनिबार बिहान २ बजे मात्र घटनाबारे प्रहरीले जानकारी पाएको थियो।  घटनामा संलग्न भएको आशङ्कामा दुई जनालाई नियन्त्रणमा लिएको एसपी आचार्यले जानकारी दिए।

प्रकाशित मिति: शनिबार, फागुन २६, २०८०  १२:१०
Weather Update