News Griha :: न्यूजगृह
केही उच्च पहाडी जिल्लामा हिमपातको सम्भावना, देशभरको मौसम सफा रहने

काठमाडौं— अहिले नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसोको समयमा भने कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।

प्रकाशित मिति: शनिबार, फागुन २६, २०८०  ०७:००
Weather Update