
वीरगञ्ज– छोराको हत्या गरेको आशंशकामा पर्सा प्रहरीले आमाबुवालाई पक्राउ गरेको छ। सिर्सिया नदी छेउको समसानघाट १२ वर्षीया बालकको शव गाडिएको फेला परेपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले बुवाआमालाई पक्राउ गरेको हो।
सिर्सिया नदी छेउको मसानघाटमा बालकको शव गाडिएको सूचनाका आधारमा प्रहरी टोली त्या परिचालित भएको थियो। प्रहरी टोलीले उत्खनन् गरेर हेर्दा वीरगञ्ज महानगरपालिका–१२ मुर्ली घर भएका शम्भु महतो धानुकका छोरा दिलीप मण्डलको शव भेटिएको थियो।
बालकको शव भेटिएपछि घटनाको अनुसन्धानका लागि बाबु शम्भु र उनकी पत्नी सबतादेवीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए। शव परीक्षणका लागि नारायणी अस्पतालमा पठाइएको छ।
बालकको मृत्युबारे कसैलाई जानकारी नगराइ अन्त्येष्टिस्थलमा छोरा गाडेको सूचना पाएपछि खटिएको प्रहरीले खाल्डोबाट शव निकालेको प्रहरी नायब उपरीक्षक थाापाले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको छ।













