News Griha :: न्यूजगृह
राष्ट्रपतिद्वारा पशुपतिनाथमा पूजा अर्चना, चार लाख बढी भक्तजन पुगे पशुपति

काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरमा शुक्रबार अपरान्ह पूजा आराधना गरेका छन्।

पूजा अर्चनापछि प्रसाद ग्रहण गर्दै राष्ट्रपति पौडेलसतिको टोली फर्किएको हो। महाशिवरात्रिका अवसरमा आज चार लाख बढी भक्तजनले पशुपतिनाथको दर्शन एवं पूजाअर्चना गरेका छन्।

महाशिवरात्रिको अवसरमा राष्ट्रपतिले प्रत्येक वर्ष पशुपतिनाथ मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने परम्परा रहिआएको छ । पशुपतिनाथ मन्दिरमा अहिले पनि हजारौँको सङ्ख्यामा भक्तजन लामबद्ध भएर दर्शन गर्ने क्रम जारी छ।

मन्दिरमा साँझ साढे पाँच बजेसम्म चारलाख ३५ हजार बढी भक्तजनले पूजा अर्चना गरिसकेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

आज बिहान २ बजेबाटै पाशुपत क्षेत्रमा दर्शनार्थीको लागि मन्दिरको चारै ढोका खोलिएको छ।

प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८०  १९:०९
Weather Update