सिन्धुलीमा जीप दुर्घटना, १२ जना घाइते

काठमाडौं— सिन्धुलीको दुधौली नगरपालिका–१ स्थित हत्पतेमा जीपदुर्घटना भएको छ। प्रदेश–२–०४–००१ च ००५६ नम्बरको जीपदुर्घटना हुँदा १२ जना घाइते भएका छन्।
घाइतेहरूको बर्दिबासस्थित जनसेवा अस्पताल र भिमानस्थित आरएनके पोलिक्लिनिकमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका इन्स्पेक्टर केशवकुमार कटुवालले जानकारी दिए। शुक्रबार लङ्गुरखोला महादेव मन्दिर दर्शनका लागि यात्रु लिएर जाँदै गरेको जीपआफैँ अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ।
चालक ४२ वर्षीय विनोदकुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ।
प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८० १५:४४













