ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा सुनसरीमा काकाभतिजको मृत्यु

सुनसरी— सुनसरीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा काकाभतिजको मृत्यु भएको छ।
शुक्रबार साँझ इटहरीस्थित खनार चोकमा ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार मोरङको बेलबारीका २३ वर्षीय विपिन दाहाल र उनका ८ वर्षीय भतिज अभिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको प्र १–०२–०४१ प ६६१९ नं को मोटरसाइकललाई विपरीत दिशाबाट जाँदै गरेको प्र १–०२–००१ क ४५७८ नं को ट्रकले ठक्कर दिएको थियो।
दुर्घटनामा दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको विराटनगरस्थित कोशी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनापछि ट्रक चालक इटहरी–२ का ३० वर्षीय प्रदीप कोइरालालाई प्रहरीले पक्राउ गरेको छ।
घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, फागुन २६, २०८० ०९:५८