News Griha :: न्यूजगृह
आगलागीमा परी पाँच वर्षीय बालकको मृत्यु

तनहुँतनहुँको ऋषिङ गाउँपालिका–६ दाउन्नेमा आगलागीमा परेर आज पाँच वर्षीय बालकको मृत्यु भएको छ। आगलागीमा परी शिशिर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

स्थानीय ऋषिराम थापामगरको घरमा कोही नभएका बेला गोठमा उनका नातिले पराल, काठ दाउरा रहेको स्थानमा लाइटर खेलाउँदा आगलागी भएको हो। उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले बताए।  

प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८०  १९:५७
Weather Update