News Griha :: न्यूजगृह
भावी पुस्ताका लागि हाम्रा सांस्कृतिक धरोहरको रक्षा गर्नुपर्छ: देउवा

काठमाडौं— नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भावी पुस्ताका लागि हाम्रा सांस्कृतिक धरोहरको रक्षा गर्नुपर्ने बताएका छन्। ग्याल्पो ल्होसारको अवसरमा शुभकामना व्यक्त गर्दै देउवाले लोकतन्त्रमा मात्र सबै जात–जाति, भाषा–भाषी तथा धर्म र संस्कृतिले समान अवसर पाउने बताए। 

नेपालका आदिवासी शेर्पालगायत उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने विभिन्न समुदायले मनाउने ग्याल्पो ल्होसार  एक महत्वपूर्ण पर्व भएको बताउँदै देउवाले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिपूर्ण एक सुन्दर देश रहेको शुभकामना सन्देशमा उल्लेख गरेका छन्। 

प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  ०७:५८
Weather Update