News Griha :: न्यूजगृह
प्रधानसेनापति र चिनियाँ जनमुक्ति सेनाका उपप्रमुखबीच भेटवार्ता

काठमाडौं— प्रधानसेनापति प्रभुराम शर्मा र चिनियाँ जनमुक्ति सेनाका इन्टरनेसनल मिलिटरी कोअपरेशन अफिसका उपप्रमुखबीच भेटवार्ता भएको छ। आइतबार उपप्रमुख मेजर जनरल चाङ्ग पाओछुनले प्रधानसेनापति शर्मासँग भेटवार्ता गरेका हुन्।

भेटमा दुई छिमेकी देशहरूका साथै नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीचको सम्बन्ध तथा आपसी चासेको विषयमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

फागुन २६ मा नेपाल भ्रमणमा आएको पाओछुनको टोलीले काठमाडौं, लुम्बिनी तथा पोखरा भ्रमण गर्ने कार्यक्रम छ। ६ सदस्यीय टोली फागुन २९ मा चीन फर्किने छ।  

प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  १५:३४
Weather Update