News Griha :: न्यूजगृह
शिवरात्रिमा पशुपति जाँदै हुनुहुन्छ?, यी स्थानमा गर्न सकिन्छ पार्किङ 

काठमाडौं— महाशिवरात्रि पर्वको अवसरमा गौशालास्थित पाशुपत क्षेत्र आसपास बिहीबार रातिदेखि नै दर्शनार्थीहरूको भिडभाड हुने भएकाले सवारी साधनलाई  डाइभर्सन गरिने भएको छ।

गौशाला क्षेत्रतर्फ जाने सवारी साधनलाई चाबहिल, पुरानो-बानेश्‍वर, ज्ञानेश्वर, मैतीदेवीमोड, रातोपुल, सेतोपुल, कालोपुल, सिफलचौर, कुटुवहाल, गौरीघाट र तिलगङ्गाबाट आवश्यकता अनुसार डाइभर्सन गरिने ट्राफिक प्रहरीले जनाएको छ। 
त्यसैगरी मालवाहक सवारी साधनहरूलाई तीनकुने, जोरपाटी नारायणटार, चुच्चेपाटी, चाबहिल, सिनामंगल पुल र बसुन्धाराबाटै डाइभर्सन गरिने छ। 

गौशाला क्षेत्रमा शिवरात्रिमा दिन शुक्रबार गरिने सवारी व्यवस्थापनमा थप सहयोगी भूमिका निर्वाह गर्न काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले सबैलाई आग्रहसमेत गरेका छन्। उनका अनुसार महाशिवरात्रि मेलाको ट्राफिक व्यवस्थापन गर्नको लागि ५१३ जना ट्राफिक प्रहरी खटाइएको छ। प्वाइन्ट ड्युटी, पार्किङ ड्युटी, डाइभर्सन ड्युटी लगायतमा ट्राफिक प्रहरी परिचालन गरिने छ।

आवश्यकता अनुसार डाइभर्सन गरिने स्थानहरू:

  • चावहिलबाट गौशालातर्फ । 
  • पुरानो बानेश्वरबाट गौशालातर्फ ।
  • ज्ञानेश्वर मैतिदेवी मोडबाट रातोपुल हुँदै गौशालातर्फ ।
  • द्वारीका होटलको उत्तरतर्फको शाखा मार्ग ।
  • सिफल चौरबाट जयबागेश्वरी तर्फ । 
  • लामोपोखरी कुटुवहालबाट मित्रपार्क तर्फ ।
  • गौरीघाटबाट उमाकुण्ड तथा मित्रपार्क तर्फ ।
  • तिलगङ्गाबाट गौशालातर्फ ।
  • मालबाहक सवारी साधनहरू तीनकुनेबाट सिनामंगल, तिलगङ्गातर्फ ।
  • जोरपाटी नारायणटारबाट करिडोर बाटो हुँदै आउने मालवाहक सवारी साधनहरू गौरीघाटतर्फ ।
  • सिनामंगल पुलबाट करिडोरको मार्ग हुँदै होटल महाराजा निस्कने मार्ग ।
  • जोरपाटी, बौद्धतर्फ बाट आउने मालवाहक सवारी साधन चुच्चेपाटीबाट चावहिलतर्फ ।

मालबाहक सवारी साधनलाई गरिने डाइभर्सन 

  • कोटेश्वर, तीनकुने, गौशाला हुदैं बौद्ध वा सुकेधारातर्फ जाने मालवाहक सवारी साधनहरू जडिबुटी, काँडाघारी हुँदै बौद्धतर्फ सञ्चालन हुने,
  • कोटेश्वर तीनकुने हुँदै पशुपति वरपर तर्फ जाने मालवाहक सवारी साधनहरू तीनकुने आसपास व्यवस्थापन गरिने ।
  • महाराजगञ्ज, चाबहिल हुँदै पशुपति वरपर जाने मालवाहक सवारी साधनहरू धुम्वाराहीमा मेला अवधिभर कुर्नुपर्ने ।
  • कोटेश्वर वा गठ्ठाघरबाट बौद्ध जोरपाटी जाने मालवाहक सवारी साधनहरू जडिबुटी, पेप्सीकोला, गोठाटार पुल हुदैं बौद्ध जोरपाटीसम्म पुग्न सक्ने ।

पार्किङको व्यवस्थापन गरिएका स्थानहरू

  • सिफल चौर (दर्शानार्थीहरुको)
  • कोषको कार्यालय (सरकारी र सुरक्षाकर्मीका सवारी साधनहरु)
  • भण्डारखाल (सरकारी र सुरक्षाकर्मीका सवारी साधनहरु)
  • तिलगङ्गाको खाली स्थान र करिडोरमा (तिर्थयात्री, दर्शानार्थी र पर्यटकका सवारी साधनहरु)
  • वनकाली (शिविर सञ्चालन गर्ने संघ संस्थाहरु, दमकल, एम्बुलेन्स, खानेपानी र सुरक्षाकर्मीका सवारी साधनहरु)
  • गुहेश्‍वरी पारी(तिर्थयात्री, दर्शानार्थीहरुको सवारी साधनहरु)

प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  २०:०५
Weather Update