News Griha :: न्यूजगृह
साफ यू-१६ महिला च्याम्पियनसिप: भारतसँगको फराकिलो हारपछि फाइनल पुग्न असफल भयो नेपाल

काठमाडौं– घरेलु मैदानमा भइरहेको साफ यू-१६ महिला च्याम्पियनसिपअन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपाल भारतसँग पराजित भएको छ। भारतसँग १०–० अन्तरको फराकिलो हार बेहोरेपछि नेपाल फाइनल पुग्न असफल भएको छ।

बिहीबार ललितपुरको सातदोबाटोस्थित एन्फा भएको खेलको पहिलो हाफमै नेपालले ६ गोल खाइसकेको थियो। दोस्रो हाफमा भारतले ४ गोल थपेपछि समग्रमा नेपाल १०-० ले पराजित भयो। 

नेपाललाई हराएर भारतले फाइनलमा स्थान बनाएको छ। उपाधिका लागि अब भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुने भएको छ। फाइनल आइतबार हुने छ।

४ टोली सहभागी प्रतियोगितमा नेपाल ३ खेलबाट ३ अंक जोडेको थियो। पहिलो खेलमा बंगलादेशसँग पराजित भएको नेपालले त्यसपछि भुटानलाई हराएको थियो।

प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  १७:३१
Weather Update