News Griha :: न्यूजगृह
कानुन विपरीत सञ्चालित लघुवित्तमाथि छानबिन गरी कारबाही गरिन्छ: प्रधानमन्त्री

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कानुन विपरीत सञ्चालनमा रहेका लघुवित्त वित्तीय संस्थाहरूलाई छानबिन गरी कारबाहीको दायरामा ल्याइने बताएका छन्। सांसदहरुले उठाएका प्रश्नको बिहीबार प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले प्रचलित कानुन तथा नेपाल राष्ट्र बैंकको निर्देशन विपरीत काम गर्ने लघुवित्त वित्तीय संस्थाहरूलाई छानबिन गरी कारबाहीको दायरामा ल्याइने बताए। 

प्रधानमन्त्री प्रचण्डले लघुवित्तहरुले लिएको तोकेकोभन्दा बढी सेवा शुल्क सम्बन्धित खातावालाई फिर्ता दिने काम भइरहेको पनि जानकारी दिए। ‘तोकेको भन्दा बढी लिइएको सेवा शुल्क फिर्ता गरी सम्बन्धित ऋणीको खातामा जम्मा गर्न दिएको निर्देशन कार्यान्वयन भइरहेको छ,’ प्रधानमन्त्रीले भने। 

गुनासो सुनुवाइ र त्यसको समाधानका लागि लघुवित्त संस्था सुपरीवेक्षण विभागमा बेग्लै डेस्कको व्यवस्था गरिएको प्रधानमन्त्री प्रचण्डले उल्लेख गरे। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  १३:१४
Weather Update